मुक्तक मञ्च काठमाडौं शाखाको उद्घाटन सम्पन्न । अध्यक्षमा राजेन्द्र घिमिरे” सागर”।

मुक्तकको क्षेत्रमा क्रियाशील संस्था मुक्तक मञ्च केन्द्रीय समिति पोखराले मंगलबार विशेष कार्यक्रम आयोजना गरी काठमाडौंमा आफ्नो शाखा बिस्तार गरेको छ ।

मुक्तकको उत्थान हाम्रो अभियान भन्ने मुल उद्धोषलाई आत्मासाथ गर्दै वि.स.२०६५ सालमा स्थापित मुक्तक मञ्चले ‘मुक्तकमा देखिएका अन्यौलहरुलाई चिर्दै विधागत विकासका लागि स्थापनाकालदेखि हालसम्म महत्वपूर्ण कार्य गर्दै आएको सर्वविदितै छ ।’ हरेक महिनाको अन्तिम शनिबार नियमित मुक्तक वाचन कार्यक्रम, नियमित मुक्तक कार्यशाला, संयुक्त मुक्तक सङ्ग्रह एवं ११ जना भन्दा बढि मुक्तककारका मुक्तक सङ्गह प्रकाशन, बिशेष मुक्तक वाचन कार्यक्रममा, राष्ट्रिय मुक्तक प्रतिभा पुरस्कार वितरण, मुक्तकको सैद्धान्तिक रचना विषयक अन्तरक्रिया तथा गोष्ठी, पाठ्यक्रम मुक्तक समावेश अभियान, शतक मुक्तक वचन श्रृङ्खला, मुक्तक महोत्सव- २०७४ र मुक्तक उत्सव जस्ता कार्यक्रम सम्पन्न गरिसकेको मञ्चले पछिल्लो समय शाखा बिस्तार गर्ने निति लिएको थियो । यसै क्रममा काठमाडौंका जुझारुक मुक्तककार, मुक्तक अनुरागीहरुको उपस्थितिमा राजेन्द्र घिमिरे ‘सागर’ को अध्यक्षतामा मुक्तक मञ्च काठमाण्डौं शाखा निर्माण गरेको छ ।
जसमा उपाध्यक्ष : बसन्त पोख्रेल ‘विवश’, सचिव : सोहन खतिवडा, कोषाध्यक्ष : किरण ढकाल, सह-सचिव : तारा के सी
सदस्यहरु; सुरोज बुर्लाकोटी, प्रवेशिका खनाल, गोविन्द दाहाल, प्रकाश बस्तेत ‘गफाडी’, उत्तम भेटुवाल, पिपला ढुङ्गाना
मनोनित सदस्य : रमेश श्रेष्ठलगायतको कार्यसमिति गठन भएको छ


मुक्तक जस्तो लोकप्रिय बिधा पाठ्यक्रममा समावेश हुन अतिनै आवश्यक रहेको प्रमुख अतिथि शैलेन्द्रु प्रकाश नेपालले बताउनु भयो । डा. कौशल्या रिसाल, प्रा. डा.गार्गी शर्मा, रेणु अधिकारी, रत्न प्रकाश श्रेष्ठ, संसाकका सम्पादक उमेश पाण्डे र गायक निश्चल घिमिरेले शुभकामना मन्तव्य राखेका थिए ।

मुक्तक बिधागत विकास एवं संरक्षण तथा प्रवर्द्धनमा काठमाडौं शाखाले महत्वपूर्ण भुमिका निर्वाह गर्नेमा विश्वस्त रहेको संस्थाका केन्द्रिय अध्यक्ष रामजी प्रसाद आचार्यले बताए ।

उक्त कार्यक्रममा स्वागत मन्तब्य वसन्त पोख्रेल ‘बिवश’ राखेका थिए भने कार्यक्रम सञ्चालन सोहन खतिवडाले गरेका थिए ।