मध्यरातमा मुर्कट्टा सार्वजनिक

कवि अनिल श्रेष्ठको छैटौँ कवितासङ्ग्रह मध्यरातमा मुर्कट्टा बिहीबार आँबुखैरेनीमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक भयो ।

आँबुखैरेनी स्रष्टा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा वरिष्ठ कवि प्रमोद प्रधान, विशेष अतिथिहरू गाउँपालिका अध्यक्ष गिरबहादुर थापा र साहित्यकार विजयराज आचार्यलगायतले कृति सार्वजनिक गरेका हुन् । सङ्ग्रहमा ३५ कविता छन् ।

साहित्यकार प्रधानले नेपाली कविताका क्षेत्रका क्रान्तिचेतनालाई कलात्मक सौन्दर्यका साथ प्रस्तुत गर्ने कविको रूपमा अनिल श्रेष्ठको योगदान महत्वपूर्ण रहेको बताए । उनले भने, ‘पछिल्लो समयमा धेरै प्रगतिवादी कविहरू पद, पैसा र पहुँचको सत्तासुखमा रमाएर चुप लागेको बेला अनिल श्रेष्ठ भने प्रतिपक्षको रूपमा अभैm सशक्त भएर प्रस्तुत भएका छन् ।’

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले गाउँपालिकामा संस्थाबाट भइरहेका साहित्यिक सक्रियताको प्रशंसा गर्दै छिम्कालेकमा एक साहित्यिक कार्यक्रम गर्ने घोषणा गरे ।

समालोचक तेजविलास अधिकारीले अनिल श्रेष्ठका कविताहरू आकारमा छोटा भए पनि त्यसले दिने विचार गम्भीर र अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । उनका कविताबारे जति पनि व्याख्या र विश्लेषण गर्न सकिने उनको भनाइ थियो ।

अर्का समीक्षक भीम रानाभाटले पनि अनिल श्रेष्ठका कविता विषय, भाव, शैली र कलाका दृष्टिकोणबाट अब्बल भएको धारणा राखे ।

कार्यक्रममा आयोजक संस्थाका सल्लाहकार एवं कवि सानुकाजी थापाले स्वागत मन्तव्य राखेका थिए भने कवि अजुर्न कुमार ढकालले कार्यक्रम सञ्चालन गरेका थिए ।

संस्थाका अध्यक्ष एवम् कृतिकार कवि अनिल श्रेष्ठले संस्थाको गतिविधिमाथि प्रकाश पार्दै आप्mनो एक कवितावाचन गरे । पुस्तक विवेक सिर्जनशील प्रकाशन प्रालिले प्रकाशन गरेको हो ।