सिरु बनिन् उत्कृष्ट फोटोग्राफर


फोटोग्राफर संघ गण्डकीले आयोजना गरेको अनलाइन फोटोग्राफी प्रतियोगितामा पोखराकी सिर्जना भुर्तेल (सिरु)को फोटो उत्कृष्ट बनेको छ ।

संस्थाले तेस्रो स्थापना दिवसको अवसरमा सोमबार नतिजा घोषणा गरेको हो । प्रतियोगितामा देशभरबाट १ सय ४५ फोटो प्रतिस्पर्धामा थिए । उत्कृष्ट १० फोटोग्राफरमा बिक्रम न्यौपाने काठमाडौं, जीवन ढुंगाना कास्की, विष्णुहरि अधिकारी कास्की, बिलक सुवेदी कास्की, दिवस बराल कास्की, अर्जुन कुवर कास्की, अनुप गुरुङ्ग, कास्की राहुल सुवेदी कास्की,.सुरेश रेग्मी पर्व र यामु कुमाल नवलपुर छन् ।

फोटो पत्रकार कृष्णमणि बराल र घनश्याम पौडेल निर्णायक थिए ।

प्रतियोगितामा उत्कृष्ट ठहरिएको सिरुको फोटो

फोटोग्राफर संघ गण्डकी को स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीm नेपाल पत्रकार महासंघ रास्ट्रिय परिषद सदस्य कमल पौडेल अथक, नेपाल फोटोपत्रकार महासंघ गण्डकी अध्यक्ष राम गुरुङ, नेपाल फोटोपत्रकार संघ कास्कीका अध्यक्ष प्रदीप पौडेल, निर्णायक समितिका संयोजक कृष्णमणि बराल, घनश्याम पौडेल, कैलास सहकारी संस्थाका अध्यक्ष शिवहरि अधिकारी, संस्थाका सल्लाहाकार गणेश छवि, तनहुं फोटोग्राफर संघका अध्यक्ष बलभद्र श्रेष्ठ, पोखरा फोटोग्राफर संघका अध्यक्ष जनकराज तिवारी, फोटो प्रतियोगितामा उत्कृष्ठ १० मा पर्न सफल बिष्णुहरी अधिकारी लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष दुर्गाप्रसाद पौडेल उत्कृष्ट फोटोलाई नगद ५ हजार र प्रमाणपत्र र उत्कृष्ट १० फोटोलाई प्रमाण्पत्र तथा खादाले संस्थाको साधारणसभामा सम्मान गरिने जानकारी दिए । कार्यक्रममा सचिव सचिव तुलसीराम सुवेदीले पनि बोलेका थिए ।