एकीकृत समाजवादी पोखरा १७ मा शिवराज

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पोखरा महानगरका विभिन्न वडामा कमिटी गठनलाई तीव्रता दिएको छ । निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएपछि देशैभर यसले संगठन विस्तार गरिरहेको छ ।

हालै पोखरा १७ मा भएकाले भेलाबाट शिवराज आचार्यको अध्यक्षतमा ४५ सदस्यीय कमिटी बनेको हो । कमिटीको उपाध्यक्षमा इशारा थापा, सचिव रुद्रलाल सुवेदी र उपसचिव पोष्टराज पौडेल छन् ।

कार्यक्रममा पार्टीका कास्की अध्यक्ष धनराज आचार्यले एकीकृत समाजवादीले छिट्टै कास्की र गण्डकी प्रदेशमै बर्चस्व जमाउने दाबी गरे । ‘अहिले केही साथीमा थोरै अलमल देखिएको छ,’ उनले भने, ‘सबै इमान्दार कम्युनिस्टले रोज्ने पार्टी यही बन्नेछ ।’

कार्यक्रममा पार्टीका नेता कमरेडहरु ओम शर्मा, महाप्रसाद सुवेदी, झपिन्द्रराज रेग्मी, यदु अधिकारी, चित्रराज बराल, खड्ग हमाल, डा टङ्क अधिकारी, दाताराम आचार्य, प्रेम थापा, टंक पौडेल लगायत उपस्थित थिए ।