रामराज काँग्रेस पोखरा महानगर सभापति उम्मेदवार

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पोखरा महानगरको नगर सभापतिमा रामराज लामिछाने उम्मेदवारी घोषणा गरेका छन् ।

यसअघि १३ औं महाधिवेशनमा जिल्ला सचिव रहेका लामिछाने हाल पोखरा महानरपालिका वडा ९ का वडा अध्यक्ष हुन् । उनले पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तासँग छलफल गरी आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

२०३६ सालदेखि नेविसंघबाट राजनीति शुरु गरेका लामिछानेसँग तरुण दल हुँदै कास्की काँग्रेसको सचिव पदमा रहेर काम गरेको अनुभव छ । सानै उमेरदेखि जनताका सुखदुखमा काम गरेकाले वडा अध्यक्ष हँुदा जनताको पक्षमा काम गर्ने सजिलो भएको दाबी उनको छ ।

लामिछानेलाई गत स्थानीय तहमा निर्वाचनमा पार्टीले पोखरा ९ को अध्यक्षका लागि सिफारीस गर्‍यो । लामिछानेले हाल पोखरा महानगरमा काँग्रेसको तर्फबाट दलको नेता तथा सचेतक रहेर महानगरमा भएका अयिनयमिताकाबारे खबरदारी गर्दै आएका छन् ।

पार्टीको संगठन बलियो बनाएर आगामी निर्वाचनमा पार्टीलार्य जिताउने क्षमता आफूमा रहेको उनले दाबी गरे । पार्टीमा गुट उपगुटभन्दा एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिँदै उनले नगरको जिम्मा पाए पार्टीलाई अझै बलियो बनाउन सक्ने क्षमता आफूमा रहेको जनाए ।