नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पोखरा महानगर पालिकाको नगर सभापतिमा हालका पोखरा महानगर पालिका वडा नं. ११ का वडा अध्यक्ष मोहन प्रसाद वास्तोलाले उम्मेदवारी घोषण गरेका छन ।
काग्रेसको तर्फबाट पोखरा महानगरपालिका वडा नं.११ को नेतृत्व समाल्दै आएका बास्तोलाले काग्रेसलाई आउदो स्थानिय चुनावमा पोखराको १ नं. पार्टीको रुपमा स्थापित गर्ने रणनीतिका साथ उम्मेद्वारी घोषण गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिए । स्थानिय जनप्रतिनिधिका रुपमा पोखरा महानगर पालिका आइसकेपछि पोखरा महानगरपालिकाको विकास समिति संयोजक र वातावरण तथा विपद व्यवस्थापन समितिको सभापतिको रुपमा ४ वर्ष काम गर्दा आफुले ३३ वटै वडामा पार्क निमार्ण , मठ मन्दिर तथा क्रियापुत्री भवन निमार्ण तथा संरक्षणलाई जोड दिएको उनले बताए ।
महानगर पालिका भित्रको अनेकांै व्यथितिहरुलाई चिर्न पनि काग्रेस आगामी चुनाबमा पहिलो पार्टी भएर आउनै पर्ने उनले बताए । आफू कुनै पनि गुट उपगुटमा रहेर नभई स्वतन्त्र रुपमा उम्मेद्वारी घोषणा गरेको पनि वास्तोलाले बताए ।






