माइती र चेली बीचको प्रेमको पर्व हो तीज
सुखदुःख भलाकुसारी कहानिको गर्भ हो तीज
स्वतन्त्र रूपमा पीडा पोखी उत्साह मनाउने
मातृत्व र भातृत्वको ममता को गर्व हो तीज
भदौरे कोदो गोड्दा निकालिएका छेकोहरु
हिजोआज गुन्जिने गीत सुन्दा सर्म हो तीज
आधुनिकता का नाउँमा शालिनता हराउदा
भाषा ,भेष भुषा र शब्द बचाउने मर्म हो तीज
भड्किलो पहिरन होइन सादा जिबन जिउँ,
सस्कृती र सभ्यता बचाउने कर्म हो तीज





