पोखरा महानगरमा खोलाले बगाएर १ को मृत्यु

शुक्रबार पोखरा महानगरमा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ । बिहान ११ बजेतिर पोखरा ३२ को खुँदी खोलाले वर्ष ६० का रमेश मगरलाई बगाएको थियो ।

खोला गरी गगौनगौडा जान लागेका उनलाई बगाएर खोलाले ६० मिटर तल पु¥याएपछि मगर रुखमा अड्किएका थिए । उनलाई उद्धार गरी उपचारका लागि शिशुवा अस्पताल लगिएकोमा साढे १२ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए ।