क्यान कास्कीले बुझायो अवधारणा पत्र

कम्प्युटर एसोसियसन नेपाल महासंघ कास्की शाखाको १३ आंै वार्षिकोत्सवको अवसरमा कानुन सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापालाई सूचना प्रविधि सम्बन्धी संस्थागत अवधारणा पत्र पेश गरेको छ ।

गण्डकी प्रदेशमा सुचना, सञ्चार तथा प्रविधिको विकास, प्रबर्दन र नियमन गर्न संघीय शासन प्रणाली अनुकुल प्रदेशस्तरमा सूचना तथा प्रविधि सम्वन्धी आधारभूत पूवौधारको विकास तथा सूचना प्रविधिको महत्वलाई उजागर गर्नको लागि क्यान कास्कीबाट तयार गरिएको संस्थागत अवधारण पेश गरेको हो ।

मन्त्री थापाले हरेक क्षेत्र र ब्यक्तिसँग जोडिएको सु्चना प्रविधिलाई अगाडी वढाउन क्यान कास्कीसँग सहकार्य गर्ने बताए । क्यान महासंघ गण्डकी प्रदेश अध्यक्ष तुलसीराम पाण्डेले आइटी सेवालाई राज्यले अत्यावश्यक सेवा अन्तर्गत राखी सोही अनुरुपको सेवा सुविधा प्रदान नगरेकामा गुनासो गरे ।
क्यान कास्कीका संस्थापक महासचिव चण्डीप्रसाद अर्यालले नेपाल सरकारले व्यवस्था गरेका सूचना प्रविधिका नीति नियम तथा सेवालाई गण्डकी प्रदेशले पनि कार्यान्वयन गर्दा आइसिटी क्षेत्रमा टेवा पुग्ने बताए ।

क्यान कास्कीका कार्यवहाक अध्यक्ष श्री दुधमान गुरुङ्ग ‘आषिश’को अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा क्यान कास्कीका सदस्य गोविन्द प्रसाद रिजालद्वारा अवधारण पत्र प्रस्तुत गरेका थिए भने कार्यक्रम संयोजक तथा संस्थाका निवर्तमान अध्यक्ष युवराज पौडेलले स्वागत मन्तब्य र कार्यक्रम संचालन संस्थाका सचिव सेवक क्षितिजले गरेका थिए ।