कास्कीमा कांग्रेसको वडा अधिवेशन भदौ १८ गते

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्कीका वडाहरुको अधिवेशन भदौ १८ गते शुक्रबार हुने भएको छ ।

कास्की कांग्रेसका पदाधिकारी र निर्वाचन समितिको मंगलबारको संयुक्त बैठकले अधिवेशन पूर्व निर्धारित मितिमै अधिवेशन गर्ने गरी तयारी सुरु गर्ने निर्णय गरेको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

निर्वाचनको तयारीका लागि कास्कीका निर्वाचन अधिकृत आरसी विमल(रामचन्द्र पौडेल) मंगलबार पोखरा आएका छन् । सबै वडामा भदौ १७ गते बिहीबार साँझसम्ममा मतदान अधिकृत र निर्वाचन सामग्री पुग्ने छन् ।

बैंठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो । कास्कीका ७२ वडाबाट यस पटक २ हजार १९ क्षेत्रीय प्रतिनिधि चयन हुने छन् ।