कुँवरले नेपाली काँग्रेस बागलुङको सभापतिमा उम्मेदवारी दिने

द्रोण कुँवरले नेपाली काँग्रेस बागलुङको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली काँग्रेस क्षेत्र नर्मवर २ का क्षेत्रीय सभापति कुवरले मङ्गलवार नेपालदुत सँग कुराकानी गर्दे १४ औँ महाधिवेशनमा जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन । नेता कुँवर भने औपचारिक घोषणा गर्दछु ’, ‘म सभापतिको उम्मेदवार बन्छु ।

काँग्रेस प्रति नागरिकमा रहेको मायालाई आत्मसाथ गर्दै बागलुङ काँग्रेसको जगलाई थप बलियो बनाउने उद्देश्य र नेता कार्यकर्ताको चाहनाका कारण आफ्नो उम्मेदवारी सभापतिमा हुने उनले तर्क गरे । युवाको प्रतिनिधित्व, विगतको अनुभवका आधारमा बागलुङको काँग्रेसलाई आफूले राम्रो तवरले लैजान सक्ने दाबी गरे ।

तल्लो तहका कार्यकर्ता पङ्क्ति हित र उपल्लो नेतृत्वको सम्मान गर्दै आसन्न महाधिवेशनबाट नेतृत्व तहमा जाने बताए ।पार्टीमा लगनशील र सबैलाई मिलाएर जान सक्ने जुझारु युवा नेताको खाँचो रहेकोले आफू त्यसको लागि तयार भएको कुँवरले बताए । बागलुङमा काँग्रेसलाई एक ढिक्का बनाई सबै कार्यकर्ताको मनोभावनालाई बुझेर काम गर्ने बताउँदै सभापतिको चुनावमा सबैलाई सहयोग गर्न अनुरोध समेत गरेका छन् । आफूले मुख्य एजेन्डाको रूपमा आम काँग्रेस जनको पार्टीको आस्था बिसाउने चौतारीको रूपमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिको पार्टी कार्यालय बनाउने र दुई वटा क्षेत्रीय समितिको भवन बनाउने र कार्यकालमा भ्याए सम्म वडा कार्यालय बनाउने योजना रहेको बताए । १४ औँ महाधिवेशनको सँघारमा रहेको भर्खरै सत्ताको नेतृत्व गरेको दल नेपाली काँग्रेसको तल्लो तहको अधिवेशन भाद्र १८ मै गर्ने भनिय पनि आज सम्म निर्णय हुन सकेको छैन ।  

यसअघि वर्तमान सभापति दीपेन्द्रबहादुर थापा, महासमिति सदस्य जगदीशचन्द्र उपाध्याय, पार्टी सचिव नवराज पौडेल र महाधिवेशन प्रतिनिधिहरू जगन्नाथ आचार्य ,कृष्ण शंकर श्रेष्ठ पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

बागलुङमा शेरबहादुर देउवा (संस्थापन ) र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबिच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । सभापतिका आकाङ्क्षी थापा, आचार्य र श्रेष्ठ देउवा पक्षका मानिन्छन् भने उपाध्याय पौडेल पक्षका एक्ला उम्मेदवार हुन् । कँवरले पनि शेरबहादुर देउवा (संस्थापन ) पक्षका हुन । अर्का आकाङ्क्षी पौडेल केन्द्रमा कृष्ण सिटौला समूहका नेता भए पनि जिल्लामा देउवा पक्षकै निकट मानिन्छन् ।