मुक्तक मञ्च केन्दीय समिति पोखराको १५८ औँ मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । मुक्तकको उत्थान हाम्रो अभियान भन्ने मूल उद्घोषका साथ मुक्तकको क्षेत्रमा क्रियाशील संस्था मञ्चको कार्यक्रम क्लबहाउसमा भएको थियो ।
कार्यक्रममा किरण ढकाल, रविन ढकाल, प्रवेशिका खनाल, अमृता पोखरेल, सुमन अधिकार, कृष्ण सुवेदी, विपिन आचार्य, सन्तोष हरदम, रामकुमार श्रेष्ठ, सुनिता खतिवडा, अम्विका ओझा, बम बहादुर कार्की, आ पी सी, रूसन, संगीत लामीछाने, प्रचण्ड साप्कोटा, आर एन, संकल्प, राजेन्द्र बि क, विना वराल, हिरा अधिकारी, गीता तिवारी, भेषराज पौडेल, विष्णु सुवेदी, नविन भण्डारी लगायत अन्य दुई दर्जन भन्दा बढीले मुक्तक वाचन गरेका थिए ।
प्राय युवापुस्ताको उपस्थिति रहेको कार्यक्रममा देशभक्ति र प्रेमिल मुक्तकहरु सुनिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्रीराम अधिकारी गोर्जे र पाठ्यक्रममा मुक्तक समावेश अभियानका सचिव नविन भण्डारीले गरेका थिए ।





