गण्डकी अञ्चल कास्की जिल्लामा जन्मेर पोखरालाई स्रष्टा अम्बिका भण्डारीको लय तथा स्वर अनि अमेरिकको भर्जिनियमा रहेर नेपाली गीत सङ्गीत र साहित्यको क्षेत्रमा महत्वपुर्ण योगदान प्रदान गरिरहनु भएकी विमला निरौला ढुङ्गानाको शब्द सङ्कलन, साहिल गायकको सङ्गीत संयोजन शिवराज भुर्तेलको निर्देशन तथा सम्पादन, सुरेश भुर्तेलको छायाङ्कन, करुणा भण्डारी, भावना पन्त सुवेदी, इन्दिरा शर्माको नृत्य, सुनिता अधिकारीको सृङ्गार र निर्माता मोहन निरौला रहनु भएको “फेरी तिज आयो, एकै ठाउँमा बसेर नाच्ने गाउने र रमाइलो गर्ने तिव्र इच्छा भएको भावनाबाट सुरु भएको यस तिज गितले हाम्रो मौलिक संस्कृतिकोे संरक्षण र सम्बद्र्धनमा महत्वपुर्ण भुमिका खेल्नेछ । यस गीत सुन्दा महिलाहरुको मात्र नभएर विभिन्न कारणले विदेशिन बाध्य सबै नेपाली दाजुभाइहरुको भावनालाई समेत प्रतिबिम्बित गरेको मान हुन्छ ।
महिला भएकै कारण सानो छँदा धेरै पढ्न, पाउनु भएन अम्बिकाजीले तर निरन्तर साधानका कारण उहाँका रचनाहरु निखारिएका सुन्दर लाग्छन् र हरेक वर्ष प्राज्ञ हरिदेवी कोइरालाको पद चापलाई पछ्याउँदै तीज गीतका कोशेली प्रस्तुत गरिरहनुभएको सन्दर्भमा यस पटक साहित्यकार विमला निरौलाको शब्द सङ्कलनलाई आफ्नो सुरिलो भाकाले प्रस्तुत गरेर न्याय दिनुभएको छ ।
प्रकृति र संस्कृतिले सम्पन्न हामी नेपाली आफ्नै देशमा बसेर देशको विकास अनि संस्कृतिको संरक्षणमा लागि रहन पाएका छैनौ र विदेशिन विवस छौँ तर रहरले हैन । जहाँ रह पनि हामीलाई आफ्नो देश प्यारो छ र हाम्रो संस्कृतिको माया छ त्यसैले त यस्ता सुन्दर सिर्जनाहरु जन्मेका छन् । एकातिर विभिन्न कारणले आफ्नो जिवन निर्वाह गर्नका लागि हामी संसारभर छरिएर रहेका छौ अर्को तिर कोरोनाका कारण एकै ठाउँमा जम्मा भएर हाम्रा चाडपर्वहरु मनाउन पाइरहेका छैनौँ । यस्तो विषम परिस्थितिमा देशका पूर्व देखि पश्चिमसम्मका विभिन्न ठाउँहरुलाई सम्झदै शरिर टढा भए पनि हाम्रो भावना टाढा छैन हाम्रो मन टाढा छैन भन्ने सन्देश यो गीतले दिएको छ ।
एकजना स्रष्टाले गरेको सिर्जना सुन्दा, हेर्दा, पढ्दाखरि हरेक स्रोता पाठक एवं दर्शकले आफ्नो निम्ति नै रचिएको गाइएको, सुनाइएको, देखाइएको भन्ने महशुस भयो भने मात्र उक्त सिर्जना धेरैले रुचाइएको हुन्छ र स्रष्टा सफल भएको हुन्छ । यही दिशातर्फ यो गीत सिर्जना भएको मान हुन्छ किनभने यसले नेपालीहरुको वर्तमानको यथार्थलाई चित्रण गरेको छ ।
बजारमा तीज पर्व आउनुभन्दा ३/४ महिना अघिदेखी तिज गीतका नाममा विभिन्न किसिमका तीज गीत भन्न नसुहाउने खालका गीतहरु विभिन्न सञ्चार माध्यमहरुमा सुन्ने गर्छौँ जसले वास्तविक तीजको मर्मलाई भुलेका, विर्सेका हुन्छन् र हाम्रो मौलिक लोगीत लोप हुने खतरा हून्छ । तर जब, हाम्रो लोक संस्कृति प्रचि चिन्तनशील रहीरहने यस्ता स्रष्टाहरुका कारणले हामीले सन्तोषको शास फेर्न पाएका छैनौ ।
नेपाली झण्डालाई पृष्ठभुमिमा राखेर प्रवास र नेपाल दुई ठाउँमा छयाङ्कन गरेर सम्पादन गरिएको नृत्य सहितको दृश्य सन्तोषजनक रहेको छ र नेपाली राष्ट्रियता, प्रकृति र संस्कृति दृश्यमा प्रस्तुति भएको छ । बाबा आमा, दाजुभाई तथा साथीभाई जन्म घरको याद जहाँ रहेपनि आइरहने तर प्रवासमा रहँदा भेटघाट हुन नपाइने, चाडवाड आउँदा सँगै रहन नपाइने अवसथाको चित्रण गरिएको छ गीतमा ।
नरुनु बाबा, आमा बाँचे फर्कौला र स्वदेश सिँगारौँला, भोलि के हुने हो थाहा छैन तर पनि फर्केर देशको सेवा गर्ने तीव्र इच्छा प्रकट गर्दै प्रवासमा रहेर पनि नेपाली गीत संगीत भुलेका छैनौ र जोगाउन तल्लीन छौ भनिएको छ मीठो स्वर तथा लयमा यसरी विदेशमा रहेर नेपाली साहित्य तथा गीत संङ्गीतमा रमाउन सिपालु स्रष्टा विमला निरौला ढुङ्गाना अनि पोखरामा रहेर हरेक वर्ष अरु विभिन्न सिर्जनाहरुका साथ तीज गीतका कोसेली प्रस्तुत गरिरहनु भएकी स्रष्टा गायिका अम्बिका भण्डारीद्धारा अरु थप उत्कृष्ट कृतिहरु पाठक एवं स्रोता तथा दर्शकहरुमाझ प्रस्तुत गरिरहनु हुनेछ भन्ने अपेक्षा सहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ।
पोखरा–३१
हाल पोखरा–१२




