विश्व मानचित्रमा नेपाल एक सानो थोपा जस्तो देखिन्छ। नेपालले बिश्वमा०.०३ प्रतिशत भुभाग ओगटेको छ भने एसियाको ०.३ प्रतिशत ओगटेको छ। भौगोलिक रुपमा नेपाल सानो छ तर जैविक विविधताले भरिएको छ। नेपाल प्राकृतिक सुन्दरताले भरिपुर्ण छ ।प्राकृतिक हिसाबले नेपाल लाइ हिमाल पहाड तराइ गरि ३ भागमा विभाजन गरिएको छ। यहाँको भूगोल झापाको केचनाकल देखि विश्वको सर्वोच्च शिखर सगरमाथा सम्म फैलिएको छ।उचाइमा भएको विविधताले नै हिमाल पहाड र तराइको हावा पानी वनस्पति र मानवीय जीवन शैलीमा फरकपन देखिन्छ।नेपालमा विश्वका सबै ठाऊँमा पाइने हावा पानी रहेको छ। सुन्दर प्रकृति र अनुकुल हावा पानीको कारण नेपालमा धेरै देशका पर्यटक हरु घुम्न आउने गर्दछन ।
नेपालमा धेरै जातजाति ,भाषाभाषी र धर्मावलम्वी हरु बसोबास गर्दछन । सबै समुदायहरु एकापसमा मिलेर बसेका छन ।विभीन्न सम्प्रदाय बिचको सहिष्णुता विश्वको लागि उदाहारणीय र अनुकरणीय रहेको छ।नेपालमा विभीन्न धार्मिक,सांस्कृतिक र प्राकृतिक सम्पदाहरु रहेको छन, जसले नेपाललाइ विश्व सामु चिनाएका छन । नेपालमा पाइने एक सिङ्गे गैँडा र काँडे भ्याकुर पनि यहाँका पहिचान हुन जुन विश्वकाअरु देशमा पाईँदैनन्।
नेपाल एक पुण्य भूमि हो,जहाँ,राजा जनक, राम सिता बुद्ध लगायत धरै महान आत्माको जन्म भएको थियो। उहाँ हरुले देखाएको असल बाटो सम्पूर्ण नेपालीले अबलम्बन गरिरहेकोले नै विश्वमा नेपाल शान्ति भूमिको रुपमा परिचित छ । नेपाल एक स्वतन्त्र र सार्बभौम सत्ता सम्पन्न मुलुक हो ।
भक्ति थापा, बलभद्र कुँवर ,अम्मरसिंह थापा जस्ता धेरै वीर पुर्खा हरु र महान शहिद हरुको तपस्या र त्यागको कारण आज हामी विशव सामु उचो शिर बनाइ बाँच्न सकेका छौँ तसर्थ शहिदले देखाएको बाटो हिड्नु सबै नेपाली को कर्तव्य हो । नेपाल हाम्रो मातृभूमि स्वर्गभूमि हो। यहाँ हामी सबै जना मिलेर बस्नु पर्छ ।वीर पूर्खा र शहिद हरुले देखाएको बाटो हिँड्दै हामी देशलाइ विकसित र समुन्नत बनाउनु सबै नेपालीको कर्तव्य हो। मेरो जन्मभूमि स्वर्ग भन्दा प्यारो छ ।
धौलागिरी बोर्डिङ स्कुल, पोखरा, कक्षा ३