कम बिजुली चलाउने गरिबलाई अब बिजुली सित्तैमा

सरकारले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरेको छ ।

धबार पत्रकार सम्मेलन गरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले यस्तो जानकारी दिएकी हुन् । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले यो निर्णय गरिसकेको छ ।

‘महसुलबारेको निर्णय विद्युत नियमन आयोगले गर्ने भएकाले त्यहाँ यो प्रस्ताव पठाइएको मन्त्रालयले जनाएको छ ।

अब महिनामा २० युनिटमात्रै खपत गर्ने ग्राहकले डिमान्ड शुल्कमात्रै तिरे मुग्छ । अहिले डिमान्ड शुल्क ३० रुपैयाँ छ ।

स्यालो ट्यूवेल सिमान्तकृत र साना कृषकहरूको जीवनस्तर उठाउने माध्यम भएकोले विद्युत बढी माग हुने समयमा महसुलमा ८० र अन्य समयमा पूर्ण रूपमा छुट दिइने भएको छ ।

अब डिप ट्युवेलमा विद्युत बढी माग हुने समयमा महसुलको ५० प्रतिशत र अन्य समयमा ८० प्रतिशत छुट दिइनेछ ।