सर्वाेच्चले सोध्यो : महाकविको घर किन भत्काइयो ?

सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काउनु पर्नाको कारण पेश गर्न नेपाल प्रज्ञा प्रतिष्ठान लगायतलाई आदेश दिएको छ ।

अधिवक्ता सञ्जय अधिकारीले पूरातात्विक महत्वको घर भत्काएको भन्दै दर्ता गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले विपक्षीसँग लिखित जवाफ मागेको हो ।

रिट निवेदकले घर भत्काउन रोक लगाउन अन्तरिम आदेश माग गरे पनि सर्वोच्चले अन्तरिम आदेश दिएन ।

प्रज्ञा प्रतिष्ठानले मैतीदेवीस्थित लक्ष्मीप्रसाद देवकोटाको घर भत्काएर अर्को घर बनाउने तयारी गरेको छ । तर देवकोटाको घर नभत्काई रेट्रोफिटिङ गर्नुपर्ने साहित्यकार र संरक्षणविद्हरुको जोड छ ।