जीवनभर साथको वाचा खाएका श्रीमानले श्रीमतीलाई वृद्ध अवस्थामा लोहोराले हिर्काएर मारे भन्ने सुन्दा आश्चर्य लाग्छ । यस्तै त्रासद घटना कास्कीमा भएको छ ।
कास्कीको माछापुच्छ«े गाउँपालिका २ बाँझाखेतका श्रीराम कामीले श्रीमती श्रीमायालाई सोमबार मध्यराति लोहोराले हिर्काएको प्रहरीले जनाएको छ । प्रहारबाट घाइते श्रीमायाको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ज्यान गएको छ । रक्सीको नसामा रहेका ६५ वर्षका श्रीरामले ५५ वर्षीया पत्नीलाई टाउकोमा प्रहार गरेको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानारी दिए ।
श्रीरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






