कैलालीमा १ वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । कैलारी गाउँपालिका ९ का वडाध्यक्ष खेमराज चौधरी यसरी हतियारसहित पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले वडाध्यक्ष चौधरीसहित धनगढी उपमहानगरपालिका २ का ४६ वर्षीय मोहितकुमार शाहलाई पक्राउ गरेको हो ।
पूर्वपश्चिम राजमार्गको गौरीगंगा नगरपालिका ९, शंकरपुरबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक बिष्टले बताए । बा १७ च १३१२ नम्बरको जिप चेकजाँच गर्ने क्रममा जिपभित्र लुकाई राखिएको अवस्थामा बाह्रबोर १, त्यसको कार्टिज १ र पोइन्ट टु–टु १ थान, त्यसको गोली १० राउन्ड बरामद भएको हो ।
उनीहरुलाई हातहतियार खरखजाना शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धानका भइरहेको छ ।






