बलात्कार आरोपमा पोखरा १७ बस्ने ख्याम पक्राउ

कास्की प्रहरीले बलात्कार आरोपमा स्याङजाको अर्जुनचौपारी स्थायी घर भई पोखरा १७ बिरौटा बस्ने वर्ष ३६ का राजु भन्ने ख्यामबहादुर घर्तीलाई पक्रेको छ ।

घर्तीले २६वर्षीय महिलालाई डर, त्रास, धाक, धम्कीसमेत दिई पोखरा ६ खहरेको एक होटलमा लगी जबरजस्ती करणी उद्योग गरेको भन्ने जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

घर्तीविरुद्ध जबरजस्ती करणी उद्योगसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थपअनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।