पोखराका ५ फार्मेसी बन्द गर्ने निर्णय

औषधि व्यवस्था विभागले कास्की जिल्ला पोखरामा रहेका ५ वटा फार्मेसी पसल बन्द गर्ने निर्णय गरेको छ।

विभागले जिल्ला प्रशासन कार्यालयमा पत्र पठाउँदै ती फार्मेसी बन्द गर्न भनेको छ । औषधि ऐन विपरित फार्मेसी सञ्चालन गरेको पाइएपछि बन्द गर्ने निर्णय भएको हो ।

पोखरा महानगरपालिका १२ को अश्मि फार्मेसी, पोखरा महानगर ३ को सरिता आयुर्वेदिक औषधि पसल, पोखरा महानगरपालिका २९ को सुपरकेयर फार्मेसी, पोखरा महानगरपालिका १५ को अंकिता मेडिकल हल र पोखरा महानगरपालिका १३ को भद्रकाली एग्रोभेट सेन्टरलाई बन्द गर्ने निर्णय भएको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।