गीत : हेर्दाहेर्दै भूइँका मान्छे…

हेर्दाहेर्दै भूइँका मान्छे पुगे धेरै माथि
जनतामाथि आँखा चिम्ले बने बिश्वासघाती

कसैसँग प्राण मागे, कसैसँग रगत
सत्तासँग साटे हाम्रो बलिदानी फगत
चिच्च्याउँ झै लाग्छ मलाई पिटी आफ्नै छाती ।

गरिबको दिन फिर्छ भन्थे कहाँ फिर्यो खोई ?
किसान, मजदुर बाँचेका छन् अझै रोईरोई
कैले लिन्छ यो देशले विकासको गति ?