कबिता : मेरा श्रीमान

मेरा श्रीमान
बिहान उठछन
हात मुख धुन्छ्न
चिया पसल जान्छन
फर्केर आउछ्न
भान्छा गर्छन
लाग्छन पैसा कमाउन
सायद कमाउने भएर
मेरो श्रीमान
भान्छाको काम छुदैन्न
कुचो समाउदैन
पानी ल्याउदैन
तर
अफिसमा
पानीका जार उचाल्छन
टेबल कुर्सी पुस्छन
कुचो लगाउछन
तातो पानी तताउछन
उहीँ मान्छे
मेरा श्रीमान
घरमा ढलेको लोटा उठाउदैन
कार्यालय स्थलमा
गिलासको दाग लगाउदैन ।