ड्राइभिङ स्कुल संघ गण्डकी प्रदेशले आफ्ना प्रशिक्षकलाई कोरोना बिरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङलाई भेटी संघ यस्तो आग्रह गरेको हो ।
संघको तर्फबाट केन्द्रीय महासचिव उमेश सिके, प्रदेश अध्यक्ष वसन्त भट्टचन, पूर्वअध्यक्ष तुलाबहादुर ठकुरी, विष्णु पोखरेल, रामचन्द्र पौडेल लगायतले यस्तो माग गरेका हुन् ।
मन्त्री अधिकारीले प्राथमिकताको क्षेत्र र्निधारण भएको उल्लेख गर्दै ड्राइभिङ क्षेत्र पनि संवेदनशील भएको बताइन् । सरकारले सकेसम्म सबै नागरिकलाई खोप दिने उनको भनाइ छ ।




