राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफूहरुले संविधानमा रहेको संघीयताबारे विमति जनाएको भए पनि संविधानमा संघीयता मात्र नभएर अन्य धेरै कुराहरु रहेको र त्यसलाई आफूहरुले स्वीकार गरेको बताएका छन् ।
शुक्रबार पुष्पलाल मित्रता केन्द्रको आयोजनामा तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष केसीले संविधानमा धारा ७६ ९५० को व्यवस्था नगरेको भए नेपाली जनताले यतिबेला कोरोनाको खोप लगाउन नपाउने बताए।
खोप मागिरहेका नेपालीलाई सरकार प्रमुख र राष्ट्रप्रमुखले मतपत्र दिन खोजेको उनले बताउ ।
बुर्जुवाको सट्टा कम्युनिस्ट पार्टीको नेतृत्व पाइएको भए पनि आफैंले समर्थन गरेको सरकारलाई फाल्नुपरेको उनको भनाइ थियो। ुतपाईंको तिघ्रामा पिप जम्मा भयो भनेर निचोरेर फाल्नुपर्योु उनले भने।
एमालेका सांसदले संघर्षको झन्डा उठाएका कारण संविधानका उपलब्धि बचाउन सकिएको उनको ठम्याइ छ ।






