गठन भएको डेढ महिनापछि गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार थप ६ जना मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले सरकारलाई पूर्णता दिएका हुन् ।
उनीहरुलाई गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ गराएकी हुन् । काँग्रेसबाट कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री भएका छन्।
कांग्रेसबाट मणिभन्द्र शर्मा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका छन्। कांग्रेसका मेखलाल श्रेष्ठ शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्री भएका छन्।
कांग्रेसका बिन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री भएका छन्।
माओवादी केन्द्रबाट रामजी बरालले अर्थ, दीपक चर्ती मगरले वन, वातावरण तथा भू–संक्षण र चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिएका छन् ।
माओवादीबाट मधुमाया अधिकारी यसअघि नै मन्त्री बनेकी छिन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पाएकी छिन् ।
जसपाबाट हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र स्वतन्त्र सांसद राजीव गुरुङ युवा तथा खेलकुद मन्त्री छन् ।
पूर्वसहमतिअनुसार मुख्यमन्त्री अघि नबढेको भन्दै जसपाले सपथ ग्रहण बहिष्कार गरेको छ।




