गजल

घरकी श्रीमतीले अत्याचार, प्रेमिकाले हार पाउछ
मेरो देशमा अझ बलात्कार गर्नेले पुरस्कार पाउछ

मैले चित्त बुझाउनै पर्छ, म जेठीपट्टीको सन्तान हुँ
कान्छीपट्टीको सन्तानले बाबाको आधार पाउछ

गरिबलाई हो यहाँ एक छाक टार्न पनि धौधौ हुने
धनीको त मुहारले पनि दिनदिनै शृङ्गार पाउछ

इज्जत हुनेले हो सधैँ अरूलाई पनि इज्जत गर्ने
नकचरो भएपछि जे गरेपनि पाउछ यार पाउछ

महिनावारी, प्रसव पीडा अझ जन्मघर छोड्नुपर्ने
महिलाले त भगवानबाटै पनि अत्याचार पाउछ