छोटो जीवन, अजरअमर स्वर

पोखरेली युवा सांस्कृतिक परिवारले सदावहार गायक अरुण थापाको सम्झनामा सांगीतिककार्यक्रमगर्ने भएको छ । गायकथापाको २२ औं स्मृति दिवसमा संस्थाले स्व.अरुण थापा स्मृति दिवस–सांगीतिककार्यक्रमलाई निरन्तरतादिने भएको हो ।

साउन ९ गते शनिबार दिउँसो ४ बजे कार्यक्रम हुनेछ । थापाप्रति सम्झना, सम्मान र श्रद्धाञ्जली प्रकट गर्ने कार्यक्रम तय भएको अध्यक्षमोतीभुजेलले बताए । पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक सदस्यसमेत रहेका थापाको स्मृतिमा बर्सेनि कार्यक्रमगर्दै आएको संगीत संयोजक एमडी काफ्लेले बताए । कोभिड १९ का कारणसंख्यात्मक रुपमा थोरै मानिसको उपस्थिति रहे पनि गुणात्मक कार्यक्रम हुने उनले बताए ।

संस्थाका संगीत विभागका सल्लाहकार एवं गायकविनोद बाँनियाले कार्यक्रम टिभीमार्फत घरमै बसेर हेर्न सकिने तथा परिवारको फेसबुक र युट्युबच्यानलमार्फत पनि प्रशारण हुने जानकारी दिए ।

२००९ माघ ११ गते बाबु गुन्जप्रसाद थापा र आमाशान्ति थापामगरका प्रथम सन्तानको रूपमा अरुण थापममगरको जन्म भएको थियो । भारतको कलकत्ता स्थित नेपाली महावाणिज्य दूतावासमा उनी जन्मिएका थिए । २०३० सालमापोखरा आएर बसोबास गर्न थालेका गायकतथा संगीतकार थापाको पोखरासँग गहिरो सम्बन्ध रहेको गीतकार विक्रम गुरुङले बताउँछन् ।

गुरुङकै गीत ‘कतै टाढा तिमीबाट पुगें भने म’ नै अरुणको पहिलो रेकर्ड भएको गीतहो ।अरुण थापाले पोखरामापहिलो पटक ३० को दशकमै पोखरेलीयुवा साँस्कृतिक परिवारको पनिपहिलो कार्यक्रममा गीत प्रस्तुत गरेका थिए ।

जीवनमा धेरै उतारचढाव खेपेका थापाको २०५६ साउन ५ गते निधन भएको थियो । स्वर सम्राट नारायण गोपाल र गोपाल योन्जनउनका पारिवारिक मित्र थिए । प्रेम र बिबाह दुबैमा असफल गायक थापाका अनेकौं किस्सा सुन्नमा पाइन्छ । उनको व्यक्तिगत जीवन छोटो भए पनि सांगीतिक जीवन भने अजरअमर छ ।

उनले थोरै गीतगाएर पनिआफूलाई अब्बल गायकको रुपमा स्थापित गरे । गथापाका’जति माया’, ‘साँझको जुनसँग’, ‘भुलुँभुलुँ लाग्यो मलाई’, ‘बितेका मेरा तीतामीठा’, ’ऋतुहरुमा तिमी’, ‘दोष कसैलाई दिनचाहन्नँ’, ‘चोट के हो, व्यथा के हो’, ‘अरुसँग नजोख मलाई’, ‘जिन्दगी के छ र आखिर’, ’आँखाको निद खोसी लाने’ लगायतका गीतसदाबहार र लोकप्रिय छन् ।