अदालतको फैसलाबाट प्रतिगमन : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसलालाई ‘प्रतिगमन’को संज्ञा दिएका छन् ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले प्रतिगमनको हल्ला गर्दै वास्तविक प्रतिगमन भएको जनाए । उनले भने, ‘प्रतिगमनको हल्ला गर्दै गरिएको प्रतिगमन हो अदालतको फैसला ।’

एमालेभित्रको विवादमा नेपाल पक्षको हुन सक्ने बर्हिगमनलाई उनले माउसुलीको पुच्छरको संज्ञा दिए । उनले भने, ‘माउसुलीले कहिलेकाहीँ पुच्छर फाल्दिन्छ । तर, त्यो कारण उ आत्तिदैन किनकि पुच्छर तुरुन्तै पलाउँछ । अहिले हामीले पुच्छर फाल्नु परे पनि तयार हुनु पर्ने बेला आएको छ ।’

ओलीले नेता नेपालले गद्दारी गरेको दाबी गर्दै आफूले एकताका लागि अझै प्रयास जारी राख्ने बताए । उनल भने, ‘मसँग अझै आग्रह छैन । एमालेको बिभाजन गर्न अध्यादेश ल्याउने, राष्ट्रपतिबिरुद्ध महाअभियोग ल्याउने असम्भव सपना नदेख्न देउबा र प्रचण्डलाई सचेत गराउँछु ।’