मुस्ताङमा पुल भाच्चियो, २ को मृत्यु, ४ घाइते


मुस्ताङमा खोलामाथिको पुल भाच्चिदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । आइतबार साढे ८ बजे मुस्ताङको घरपझोङबाट धुम्बातर्फ जाँदै गरेको ग१ख ६८५२ नं.को ट्रक ठिनी खोलामा रहेको काठको अस्थायी पुल तर्ने क्रममा अचानक पुल भाच्चिदा खोलामा खसेको थियो ।

दुर्घटनामा रामेछापको गोकुल गंगा गाउँपालिका १ बस्ने वर्ष ३८ का चित्रबहादुर श्रेष्ठ र सोही ठाउँकी २६ वर्षीया मनिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।

ट्रकमा सवार ७ जनामध्ये ४ जना घाइते छन् । उनीहरुको जिल्ला अस्पताल जोमसोममा उपचार भइरहेको घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए ।