यो राजनीति, खै के राजनीति !

मर्दामर्दै भेन्टिलेटरमा राखेर
कसैले कृत्रिम स्वास चलाइदिएको
सियोले घोची घोची
कसैले बाँचेको आस दिलाइरहेको
कोरोना ग्रस्त आमाको दुधचुस्दै
सिंहदर्वार पसेर सरकार चलाउन
पानीपोखरीको ओरालो झरेको
यो राजनीति खै के राजनीति !

फुस्रा टिका र धुपौरेकाखादा र मालाले
आफ्नो सफा र चम्किलो अनुहार पुरै छोपेर
सरकार चलाएको अभिनयगर्नु पर्छ यहाँ
आफ्नो दिमागझिकेर
विदेशी राजदूतको इशारामाचल्नु पर्छ यहाँ
विचौलियालाई देखे वरवाद, नदेखे झन् वरवाद
यो राजनीति खै के राजनीति !

चरातर्साउनकिसानले बारीको बिचमा ठड्याएको
सुकेको नर्कट, मैलो जीर्ण कपडा र कालो हाँडीले
जीवनदिएको बुख्याचा जस्तो यो राजनीति !
मन्द बुद्धि किसानकै लातबाट गल्र्यामगुर्लुम ढले जस्तै
ऐना अगाडि उभिएर दौराको फेर बाँध्दै
उद्घाटन भाषण गुनगुनाउदागुनाउँदै
त्यत्तिकै सकिन सक्छ यो राजनीति !

आफँैले उडाएको गाँजाको धुवाँको मुस्लोभित्र
रुमल्लिएको गजडीको सपना जस्तो यो राजनीति !
वालुवाटारमादिउँसै निदाएर सपना देख्दानदेख्दै
चार कोष परबाट कसैले दिएको आदेशले
एकैछिनमा समाप्तहुन सक्छ यो राजनीति!
यो राजनीति खै के राजनीति !

( यो जिन्दगी खै के जिन्दगी! का सर्जक कवि हरिभक्त कटुवालमा समर्पित)