आमा मिलन केन्द्र कास्कीको आयोजनामा पोखरा ३१ मा महिलालाई लैंगिक समानता,कानुनी सचेतना तालिम दिइएको छ । पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा उपमेयरसँग महिला कार्यक्रम अन्र्तगत सचेतना कार्यक्रम भएको हो ।
कार्यक्रममा पोखराकी उपमेयर मञ्जुदेवी गुरुङले ५१ प्रतिशत जनसंख्या रहेका महिलालाई कानुनका बारेमा जानकारी गराउँदै आर्थिक, सामाजिक, शैक्षिक र राजनीति तवरबाट सशक्तीकरण गर्न खोजिएको बताइन् । यसले विकासको मुल प्रवाहीकरणमा महिलाको अर्थपूर्ण सहभागिता बढाउन सघाउने उनको भनाइ छ ।
कार्यक्रममा नयाँ कानुनमा भएका व्यवस्था, वैदेशिक रोजगारको विषयमा अधिवक्ता भुवन पराजुली, लैंगिक समानताका विषयमा इन्दिरा पौडेल, लैंगिक हिंसा र यसबाट पर्ने असरका बारेमा मिना थापाले सहजीकरण गरेका थिए ।
कार्यक्रम पोखरा ३१ का वडाध्यक्ष कमलबहादुर थापाको अध्यक्षतामा भएको थियो ।






