अदालतलाई प्रभावित बनाउने सहमति च्यातिन्छ : नेपाल

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले नेकपा एमालेको कार्यदलले तयार पारेको १० बुँदे सहमतिप्रति असहमति जनाएका छन् ।

रातारात सम्झौता गरिएकोमा आशंका उत्पन्न भएको उल्लेख गर्दै उनले कांग्रेस सभापति देउवालाई गरिएको २३ जनाको हस्ताक्षर कायम रहेको जनाएका छन् ।

उनले भनेका छन्, ‘अदालतलाई प्रभावित बनाउने कुनै पनि गतिविधि मान्य हुँदैन । त्यसलाई म कुनै पनि हालतमा मान्दिनँ । मैले यसलाई मेरो बटमलाइन हो भन्दै आएको छु ।’

उनले हल्का रुपमा सहमाति भएको र स्टेप बाइ स्टेप गर्ने कामको विषयमा स्पष्टता जरुरी भएको बनाएका छन् । १० बुँदे सहमतिको तीन नम्बर बुँदामा भनिएको छ, ‘२०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र संगठनात्मक काम कारवाहीहरु स्वतः बदर भएका छन् ।’

नेता नेपालले भने,‘उनीहरुले त्यो होइन भनेका छन्, अदालतलाई प्रभावित बनाउने सहमति च्यातिन्छ ।’