मादी गाउँपालिका, कास्की
नवौं गाउँसभामा प्रस्तुत
आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम
मादी गाउँपालिका
गण्डकी प्रदेश, नेपाल
मिति २०७८÷०३÷०७ गते सोमवार
मादी गाउँपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक नीति तथा कार्यक्रम ः
उपाध्यक्ष ज्यू,
सभा सदस्य ज्यूहरु,
ज्ञ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछिको नयाँ संविधानलेपरिकल्पना गरे अनुसार स्थानीय तहको निर्वाचनबाट निर्वाचित हामीजनप्रतिनिधिकोपहिलो कार्यकालको चार वर्ष पूरा गरी अन्तिम वर्षमा प्रवेश गरेकाछौं । सम्भवतः हाम्रो कार्यकालको यो अन्तिम नीति तथा कार्यक्रम हो । हामीले चार वर्षको समीक्षा गरी अबको नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने हुन्छ । इतिहासको पहिलो चरण अर्थात्हाम्रो पहिलो कार्यकाल अवश्य पनि चुनौतीपूर्ण नै रह्यो । भौतिक संरचनाको निर्माण भइ नसकेकोे, नीति नियम तर्जुमा नभएको, स्रोत, साधन,ज्ञान र अनुभवको सीमिततातथाकोभिड १९ को महामारीकोबाबजुत पनि हामीले यो चार वर्ष समग्रमा सफलतापूर्वक पार गरका छौं ।
द्द। यस महत्वपूर्ण घडीमा म सम्पूर्ण जनप्रतिनिधि साथीहरु, राष्ट्रसेवक कर्मचारीहरु,राजनीतिक दल, नागरिक समाज, आम मादीवासी जनसमुदायमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यो चार वर्षहाम्रो लागि संविधानको कार्यान्वयन गर्दै स्थानीय तहको जग निर्माणमाअवश्य पनि महत्वपूर्ण रह्यो । मादी गाउँपालिकाले यही कार्यकालभित्र आधारभूत ऐन, नियम, कार्यविधि मापदण्ड तर्जुमा गरी विकास निर्माणका महत्वपूर्ण आयामहरुको थालानी गरेको छ । यो संगसंगै अकल्पनीय रुपमा फैलिएको कोभिड–१९ को महामारीले हाम्रो विकास निर्माण र समृद्धिको गतिलाई प्रभावित पारेको छ । यद्यपि यस महामारीबाट नागरिकलाई सुरक्षित राख्न प्रत्यक्ष रुपमा अग्रभागमा खटिएर नेपालका स्थानीय सरकारहरुले सवैभन्दा प्रभावकारी भूमिका निभाएको कुरा ऐतिहासिक रुपमानै स्थापित भएको छ, यसको लागि अग्रपंतिमा खटिएकास्वास्थ्यकर्मी, राष्ट्र सेवक कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता, विभिन्न संघ संस्था लगायत हामी सबैले गौरव गर्नुपर्दछ ।
घ। नेपालको युगान्तकारी परिर्वतनको लागि, आफ्नो जीवन समर्पण गर्नुुहुने आदरणीय ज्ञात अज्ञात वीर शहिदहरुप्रति सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पणगर्दछु । शहिदहरुका सपना र अग्रजहरुको मार्गदर्शन बमोजिम नयाँ नेपाल निर्माणलाई सार्थक तुल्याउने यात्रामा हामी सवैलाई प्रेरणा मिल्ने अपेक्षा लिएको छु ।
द्ध। विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको नयाँ भेरियण्ट सहितको कोरोना भाइरस (कोभिड १९) को कारण स्वदेश तथा विदेशमा ज्यान गुमाउनु भएका यस मादी गाउँपालिकावासी तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीवहिनीहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु, साथै कोभिड १९ बाट संक्रमित हुनुभएका सबैकोशीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
छ। कोरोना भाइरसबाट संक्रमित भएका पालिकाबासीको औषधी उपचारको लागि थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना भएको आइसोलेसन केन्द्रलाई व्यवस्थित गर्न, अक्सिजन लगायतका स्वास्थ्य सामग्रीकोव्यवस्थापन गर्न साथै संक्रमित भई होम आइसोलेसनमा बस्नु भएका संक्रमितको लागि खाद्यान्न तथा औषधी उपलब्ध गराइसहयोग गर्नुहुने विभिन्न संघ संस्था तथा महानुभावहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राख्दछु ।
ट। कोरोना भाइरसको महामारीको रोकथाम, नियन्त्रण तथा प्रकोप व्यवस्थापन कार्यमा अग्रपङ्तिमा रही खटिनु हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, स्थानीय राजनीतिक दल, विभिन्न संघ संस्था तथा स्थानीयवासी प्रति उच्च सम्मान व्यक्त गर्दछु ।
ठ। समृद्ध मादी निर्माण गर्ने अभियानबाट समग्र मादी गाउँपालिकामा विकासका मूल फुट्न थालेका छन् । यी विकास निर्माणलाई सम्पन्न गर्न संघीय सरकार, प्रदेश सरकार,जिल्ला समन्वय समितितथा विभिन्न दातृसंघ संस्थाहरुको प्रभावकारी समन्वय र साझेदारी हुने अपेक्षा लिएको छु ।
ड। हाम्रो गाउँपालिका भौगोलिक,प्राकृतिक, ऐतिहासिक,सांस्कृतिकएवं पर्यटकीय महत्वका दृष्टिकोणले प्रचुर सम्भावना भएको पालिका हो । यसैगरी कृषि उत्पादन र पशुपालनमा पनि उत्तिकै सम्भावना रहेको छ । यी क्षेत्रको दु्रत विकासको लागि हाम्रा सामू अझै पनि थुप्रै चुनौतीहरु छन् । आर्थिक तथा सामाजिक क्षेत्रमा पछाडि परेका वर्ग तथा समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गरी रोजगारी सृजना गर्न, कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण र बजारीकरण गर्न, पर्यटन विकासबाट रोजगारी सिर्जना गर्न, वन जंगलकोे संरक्षण गर्दै वातावरणीय सन्तुलनलाई कायम राख्न, भौतिक पूर्वाधारका क्षेत्रमा लगानी बढाउन तथा विकासको अपेक्षित प्रतिफल सबै वर्ग र समुदायमा समान रुपले पु¥याउन, आन्तरिक आयको दायरालाई फराकिलो बनाई आन्तरिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाउन, सुशासन कायम राख्न र संस्थागत सुदृढीकरण गर्ने जस्ता जिम्मेवारी हाम्रो सामु रहेको कुरा स्मरण गराउन चाहन्छु ।
सभा सदस्य ज्यूहरु,
ढ। आ.व. २०७७÷७८ को हालसम्मको प्रगति समीक्षाः
चालु आर्थिक वर्षको बजेट स्वीकृत गर्दा रु. ६० करोड ६४ लाख ७३ हजार ९ सय ६४ अनुमान गरिएकोमा हालसम्म आय तर्फ४३ करोड ३८ लाख ३० हजार ८ सय ९३ रुपैया ४९ पैसा गाउँपालिकाको संचितकोषमा प्राप्त भएको छ ।
चालु खर्चतर्फ ३८ करोड ३९ लाख ४३ हजार ८ सय २५ रुपैयाँ व्यय अनुमान गरिएकोमा हालसम्म रु. २२ करोड १६ लाख २८ हजार ७८६ रुपैयाँ ९८ पैसा (५७.४५ प्रतिशत) खर्च भएको छ ।
पूँजीगत खर्चतर्फ २२ करोड २५ लाख ३० हजार १ सय ३९ रुपैयाँ विनियोजन भएकोमा हालसम्म ५ करोड १५ लाख ६२ हजार ८ सय ६४ रुपैयाँ (२३.१७ प्रतिशत) खर्च भएको छ । हाल सम्मको चालु र पूँजीगत खर्च ४४.९ प्रतिशत रहेको छ ।
प्रकोप व्यवस्थापन कोषमा १ करोड ३९ लाख ५९ हजार ५ सय ५२ रुपैयाँ ९० पैसा आम्दानी गरिएकोमा हालसम्म ४४ लाख ३५ हजार ८ सय ७१ रुपैयाँ खर्च भएको छ ।
पूर्वाधार विकास तर्फ ः
चालु आ.ब २०७७÷७८ मा गाउँपालिका स्तरीय र वडा स्तरीय गरी कुल २०० वटा योजना कार्यान्वनमा रहेका छन् ।
गाउँपालिकाका वडा न. २, ४, ५, ६, ७, १० र १२ मा चालु आ.व.मा २१४ वटा खानेपानी धारा निर्माण गरिएको छ ।
सडक संजालमा नजोडिएका बस्तीहरुमा सडक विस्तार गर्न चालु आ.व.मा कुल १५ किलोमिटर नयाँ सडक विस्तार गरिएको र करिव १०० कि.मी. सडक स्तरोन्नति गरी यातायात सुचारु गरिएको छ ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत वडा नं. ५ मा विद्याज्योति आ.वि. पछाडिको पहिरो ग्याविन जालीको काम सम्पन्न भैसकेको छ भने वडा नं. २ मा तोनी कोहिवो धिं ताङ्तिङ्ग ढलान,वडा नं. ३ मा याङ्जाकोट देउराली समाजघर, वडा नं. ७तल्लो छाचोक वहुउदेश्यीय समाज घर, वडा नं. ८ मिलनचोक हर्षे मोटरवाटो र पाखुरीकोट खेलमैदान, वडा नं. ९ मा गोर्जे सामुदायिक भवन र रुदी दोभान सिमार मोटरबाटो निर्माण तथा वडा नं ११ मा उपल्लो साप्ले सामुदायिक भवन र तासे समाज घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
जिल्ला समन्वय समिति, कास्की र गाउँपालिकाको लागत साझेदारीमा वडा नं. ५, ८, ९ र १२ को वडा कार्यालय भवनको निर्माण कार्य यसै वर्ष सम्पन्न भएको छ, भने वडा नं. ६ र ७ को वडा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
गाउँपालिकाको लगानीमा वडा नं १२ को भगवतीटारमा बहुउद्देश्यीय भवन निर्माणको काम सम्पन्न हुने चरणमा पुगेको छ ।
आर्थिक विकास ः
गरिबी निवारणका लागि लघु उद्मम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत नयाँ लघु उद्ममी सिर्जना गर्ने तर्फ सहभागितात्मक ग्रामीण लेखाजोखा (पि.आर.ए) कार्यक्रम वडा नं १, २, ४ र ७ मा गरी ४ वटा वडामा सम्पन्न गरिएकोे छ । स्तरोन्नति (एड्भान्स सीप तालिम) अन्र्तगत वडा नं २ मा १६ जनालाई ऊनी कपडा बुनाई र वडा नं ११ मा ११ जनालाई अल्लो प्रशोधनसम्बन्धी २० दिने तालिमप्रदान गरिएको छ । त्यसैगरी वडा नं ७ मा १४ जनालाई ३० दिने हाउस वायरिङ तालिम, वडा नं. ८ मा ८ जनालाई ४५ दिने सुईटरतथा गलबन्दी बुनाई सम्बन्धी तालिमप्रदान गरिएको छ साथै वडा नं. ४ र ५ मा सिलाई कटाई तालिम संचालनमारहेकोे छ ।
अध्यक्षसँग यूवा स्वरोजगार कार्यक्रममा आ.व २०७६÷७७ मा सम्झौता भई प्रथम किस्ता भुक्तानी गरिएका ८३ जनालाई अनुदानको दोस्रो किस्ता रकम प्रदान गरिएको छ । साथै चालु आ.व २०७७÷७८ मा ७३ जनासँग सम्झौता गरी प्रथम किस्ता भुक्तानीको चरणमा रहेको छ ।
कृषि पशु अनुदान कार्यक्रम अन्र्तगत आ.व. २०७६÷७७ मा प्रथम किस्ता भुक्तानी गरिएका १४ जना व्यवसायी कृषकलाईकृषि पशु अनुदानको दोस्रो किस्ता रकम भुक्तानी गरिएको छ । चालु आ.व. २०७७÷७८ मा १९ जना व्यवसायी कृषक छनौट भई सम्झौता गरी प्रथम किस्ता भुक्तानीको चरणमा रहेको छ ।
नेपाल पर्यटन बोर्डको सहकार्यमा कोरोना भाइरस (कोभिड १९) को कारण पर्यटन क्षेत्रमा रोजगार गुमाएका १०० (एक सय) जना श्रमिकहरुलाई ४५ (पैचालिस) दिनको रोजगारी प्रदान गरी टोनी हेगन पदमार्ग निर्माण गरिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत आ.व २०७७÷७८ मा कुल ३७ वटा कामको लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाबाट जम्मा १३५ जनालाई १०० दिन बराबरको रोजगारी प्रदान गरिएको छ ।
सुशासन तथा कार्यालय संचालन ः
हालसम्म ८० बटा ऐन, नियम, कार्यविधि र मापदण्ड स्वीकृत गरी लागु गरिएको छ ।
न्यायिक समितिमा परेका ५ वटा उजुरीको दुवै पक्षको उपस्थितिमा छलफल गरी मेलमिलाप गरिएको छ ।
आ.व. २०५७÷०५८ देखि हालसम्म हस्तलिखित ढड्डामा रहेका व्यक्तिगत घटना दर्ताका विवरण डिजिटाईजेशन गर्ने कार्य सम्पन्न गरिएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको समन्वयमा राष्ट्रिय अभियान अन्तर्गत घटना दर्ता गर्न छुट भएका सेवाग्राहीलाई लक्षित गरीे१२ वटै वडामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता शिविर सञ्चालन गरी छुट भएका व्यक्तिहरुको घटना दर्ता गरिएको छ ।
प्राविधिक कर्मचारीहरुका लागि क्षमता विकास प्रशिक्षण तथा अन्य कर्मचारीहरुका लागि सूचना प्रविधि, सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता र सम्पत्तिकर सम्बन्धीे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
नेपाल दुरसंचार प्राधिकरणको लगानीमा गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र माध्यमिक विद्यालयमा अप्टिकल फाइवर ईन्टरनेट जडान गरिएको छ ।
सुरक्षित नागरिक आवस कार्यक्रम अन्र्तगत जस्ता पाताले खरको छाना विस्थापित गर्न ६३ घर परिवारलाई पहिलो किस्ता अनुदान उपलब्ध गराइएको छ ।
सामाजिक विकास ः
स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य चौकी भवन निर्माण गर्ने योजना अन्तर्गत वडा नं. ५ मा आधारभूत स्वास्थ्य चौकी भवन निर्माणको काम सम्पन्न भएको छ । साथै वडा नं. ८ र १२ मा भवन निर्माणको अन्तिम चरणमा पुगेको छ ।
थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्र र मिजुरे स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरी नवनिर्मित भवनबाट सेवा शुरु गरिएको छ । साथै वडा नं ७ को तल्लो छाचोकमा १५ शैयाको आधारभूत अस्पतालनिर्माणको लागि जग्गा खरिद गरी भवन निर्माणको सूचना आह्वान गरिएको छ ।
थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा आयुर्वेद औषधालय र सिक्लेसमा आरोग्य केन्द्र स्थापना भई संचालनमा रहेको छ ।
गाउँपालिकाको आफ्नै स्रोतबाट एक थान र पूर्व स्वास्थ्य मन्त्री एवम् गृहमन्त्री माननीय खगराज अधिकारीको विशेष पहलमा भारतीय दुतावासबाट एक थान गरी दुईवटा एम्बुलेन्स सेवा संचालनमा ल्याइएको छ ।
पालिकका ७ स्थानमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरी १२०० जनालाई नसर्ने रोगको परामर्श सहित सुगर, पिसाव तथा रक्तचाप परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
स्वास्थ्य संस्थाबाट प्रवाह हुने सबै प्रकारका स्वास्थ्य सेवालाई बन्दाबन्दीको अवस्थामा पनि नियमित सञ्चालन हुने व्यवस्था मिलाईएको छ ।
विद्यालय भौतिक पूर्वाधार निर्माण अन्तर्गत धनुवास कालिका आ.वि र बालपदम आ.वि मा ३ कोठेशौचालय भवन निर्माण सम्पन्न भएको छ । साथै शिवशक्ति आ.वि. मा ३ कोठे शौचालय निर्माणको काम अन्तिम चरणमा रहेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा कास्कीको सहयोगमा दूधपोखरी मा.वि. सोधा, महारुद्र मा.वि. तप्राङ , जनमन्दिर आ. वि. थुम्सीकोट, हिमालय आ.वि. लिपेयानी, जनकल्याण मा.वि. मकैखोला, राष्ट्रज्योति मा.वि. सैमराङ, हिमालय मा.वि. गोर्जेमा विद्यालय भवन र सिताराम मा.वि. याङजाकोटमा शौचालय निर्माण सम्पन्न गरिएको छ ।
विद्यालयमा शिक्षक दरबन्दी मिलान कार्य सम्पन्न भएको छ ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक र लेखा सहायकका लागि विद्यालय लेखापालन, कार्यालय संचालन, व्यवस्थापन र क्ष्भ्(ःक्ष्क् (इ मिस) तालिम सम्पन्न गरिएको छ ।
कक्षा १–३ का शिक्षकहरुका लागि पाठ्यक्रम प्रबोधिकरण तालिम सम्पन्न गरिएको छ ।
विद्यालय विज्ञान प्रयोगशाला स्थापनाको लागि महारुद्र मा.वि. र ध्रुव मा.वि.लाई छनौट गरिएको छ ।
विद्यालय आईसीटी ल्याब स्थापना कार्यक्रम अन्तर्गत हिमालय आ.वि. र सरस्वती कुन्ज आ.वि. लाई छनौट गरिएको छ ।
विद्यालय पुस्तकालय कार्यक्रम अन्र्तगत नारायण आ. वि. लाई छनौट गरिएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत तीनवटा विद्यालय छनौट भई कार्यक्रम कार्यान्वयनको चरणमा रहेको छ ।
प्रारम्भिक बालविकास देखि कक्षा ५ सम्मका बालबालिकाहरूको लागि दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको छ ।
२० जना भन्दा बढी बालवालिका भएकाविद्यालय र बालविकास कक्षा संचालन नभएका ५ वटा विद्यालयमा बालविकास सहयोगी कार्यकर्ताको दरवन्दी स्वीकृत गरी नियुक्ति गरिएको छ ।
विद्यालयमा इन्टरनेट, ऋ।ग्।न् र स्वास्थ्य सुरक्षा सामग्रीको लागि रकमको व्यवस्था गरिएको छ ।
आधारभूत तह (कक्षा १–८ ) उत्तीर्ण परीक्षाको वार्षिक नतिजा प्रकाशन गरिएको छ ।
प्रकोप व्यवस्थापन तथा महामारी नियन्त्रण ः
कोभिड १९ को महामारी रोकथाम र नियन्त्रणका लागि २७५७ जनाको एऋच्र ६८२ जनाको ब्लतष्नभल विधिबाट परीक्षण गरिएकोमा कुल ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको ।
गाउँपालिकाबाट सवारी भाडामा लिई पोखराका होल्डीङ्ग सेन्टरबाट पालिकाको क्वारेन्टिनसम्म र संक्रमण पुष्टि भएकाहरुको लागि पोखरा स्थित ष्कयबितष्यल कक्षसम्म निःशुल्क ल्याउने लैजाने व्यवस्था मिलाइएको ।
कोरोना भाइरस संक्रमणको पहिलो चरणमा वडा नं ४तरकाङ्मा १५ बेडको कोभिड अस्थाई अस्पताल स्थापना गरी चिकित्सकको निगरानीमा ६७ जनालाई निःशुल्क खानपान सहित क्वारेन्टिनमा राखी पिसिआर परीक्षण गरी संक्रमण मुक्त भए पश्चात् मात्र घर पठाउने व्यवस्था गरिएकोमा हाल थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा ३० वेड क्षमताको अक्सिजन सहितको आइसोलेशन केन्द्र स्थापना गरी संक्रमितको औषधी उपचार गर्ने व्यवस्था मिलाईएको छ ।
विपद् प्रतिकार्य कार्ययोजना तयार गरी लागू गरिएको छ ।
सभा सदस्य ज्यूहरु,
ज्ञण्। स्थानीय सरकार भनेको जनताको सवैभन्दा नजिकको सरकार हो भन्ने अनुभूत गराउन र जनताबाट प्राप्त जिम्मेवारीलाई इमान्दारितापूर्वक पूरा गर्न आवधिक विकास योजनामा समेटिएका लक्ष्य, उद्धेश्य, नीति, रणनीति र कार्यनीतिलाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउने अठोट लिएको छु । “पर्यटन, कृषि, जलस्रोत, वन र पूर्वाधार, समन्यायिक समृद्धि मादीको मूल आधार” को भन्ने दीर्घकालीन लक्ष्य तय गरी पालिकाको समग्र विकास गर्दै आईरहेहको सन्र्दभमा आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि देहाय वमोजिमका क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न गइरहेको छु ः
ज्ञज्ञ। आर्थिक विकास ः
११.१. आर्थिक विकास क्षेत्रसंग सम्बन्धित रहेकादिगो विकास लक्ष्य हासिल गर्न सक्ने खालका क्रियाकलाप संचालन गर्न जोड दिइने छ ।
११.२ गरिवी न्यूनिकरण गर्न रोजगारीका अवसरहरु सिर्जना गर्ने प्रकृतिका कार्यक्रमहरु संचालन गरिने छ । खाद्य सुरक्षा तथा उन्नत पोषण सुनिश्चित गर्ने र दिगो कृषि प्रवद्र्धन गर्न आवश्यक कार्यक्रम संचालन गरिने छ ।
११.३ भरपर्दो, समावेशी र दिगो आर्थिक वृद्धि तथा सवैका लागि उत्पादनमुलक रोजगारी र मर्यादित कामको प्रवद्र्धन गर्नुकासाथै रोजगारी तथा आयआर्जनको क्षेत्रमा असमानता घटाउन टेवा पुग्ने खालका योजना तथा कार्यक्रम कार्यान्वयनमा जोड दिइने छ ।
११.४. महिला तथा अल्पसंख्यकको हितको लागि लैंगिक उत्तरदायी बजेट तर्जुमामा जोड दिइने छ । गाउँपालिकाबाट संचालन हुने योजना तथा कार्यक्रमबाट सिर्जना हुने रोजगारी तथा आय आर्जनमा महिला पुरुषलाई समान अवसर प्रदान गरिने छ ।
कृषि विकास तथा पशु सेवा
क. कोभिड १९ को लगातारको आक्रमणबाट शिथिल बनेको कृषि क्षेत्रलाई सबल बनाउन युवा जनशक्तिको भरपूर उपयोगमार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी आयआर्जन वृद्धि गर्न प्रोत्साहनमूलक कार्यक्रम संचालन गरिनेछ ।
ख. युवा वर्गलाई कृषि क्षेत्रमा आकर्षित गराउन पालिकामा संचालित अध्यक्षसँग युवा स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिइने छ ।
ग. कृषि क्षेत्रको आधुनिकीकरण यान्त्रीकरण, विशिष्टीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिंदैकृषि पेशालाई मर्यादित, व्यावसायिक बनाउन आधुनिक कृषि औजार उपकरण लगायतका कृषि सामग्रीमा अनुदान दिने व्यवस्था मिलाईने छ ।
घ. कृषि उपज संकलन केन्द्र स्थापना गरी कृषि उत्पादनको वजारीकरणका लागि प्रदेश सरकारसँंगको साझेदारीमा आवश्यक कार्यक्रम अगाडि वढाइनेछ ।
ङ. कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रम अन्र्तगत कृषक दर्ता व्यवस्थापन, कृषि तथा पशुपन्छी सम्बन्धी तथ्यांक संकलन तथा अध्यावधिक गर्ने कार्यको शुरुवात गरिनेछ ।
च. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत राष्ट्रिय तथा स्थानीय महत्वका खाद्य तथा पोषण सुरक्षामा टेवा पु¥याउने बाली वस्तु तथा बाख्राको साना व्यवसायिक कृषि उत्पादन केन्द्र(पकेट) विकास कार्यक्रमलाई निरन्तरता दिइने छ । साथै अलैंची तथा गाई÷भैंसीको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम शुरुवात गरिने छ ।
.
छ. कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि कृषक सचेतनामूलक तालिम, कार्यक्रम संचालन गरिने छ ।
ज. एक वडा एक नर्सरी कार्यक्रमको प्रभावकारिता मापनयोग्य नभएकोले गाउँपालिका मातहतमा पालिकास्तरीय आधुनिक कृषि नर्सरी स्थापना गरी फलफूल तथा तरकारीको विउ विरुवा उत्पादन तथा आपूर्ति गर्ने व्यवस्था मिलाइने छ ।
झ. कृत्रिम गर्भाधान, आर्टिफिसियल इन्जाइमेशन, परजीवि नियन्त्रण गर्ने औषधी वितरण तथा पशु स्वास्थ्य शिविर जस्ता कार्यक्रमहरु संचालनगरिने छ ।
ञ. वडा नं. ४ को तारकाङ्ग, र वडा नं. १० को मकैखोलालाई धान जोनको रुपमा विकास गर्न आवश्यक पहल गरिने छ ।
घरेलु तथा साना उद्योग
क. स्थानीय स्रोत, साधन,सीप एवम् प्रविधिको प्रयोगलाई बढावा दिई मौलिक संस्कृति झल्किने राडी पाखी, कम्बल, भाङ्ग्रा, सुइटर, झोला बनाउने तानहरुलाई आधुनिकीकरण गरी व्यवसायिकताका विकास गर्न साझेदारीमा विभिन्न कार्यक्रम संचालन गरिने छ ।
ख. दलित समुदायले संचालन गर्दै आएका परम्परागत पेशा व्यवसायलाई संरक्षण, सम्र्वद्धन र आधुनिकीकरण गर्न अनुदानमा आधारित कार्यक्रमहरु संचालन गरिने छ ।
ग. “गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) संचालनमा गाउँपालिकाबाट समेत लागत साझेदारी गरी कार्यक्रमको दायरा विस्तार गरिने छ ।
घ. लघुृ तथा घरेलु उद्योग स्थापनाका लागि उद्यमीहरुलाई सरल ढंगवाट सहुलियत दरमा ऋण उपलव्ध गराउन निजी स्तरमा वित्तीय संस्था तथा सहकारीहरुसंग समन्वय गरिने छ ।
ङ. निजी क्षेत्रसंगको समन्वयमा स्थानीय स्तरमा उत्पादित औद्योगिक वस्तुहरुको प्रवद्र्धनका लागि औद्योगिक मेला, प्रदर्शनी तथा अवलोकन भ्रमण कार्यक्रम गरिने छ ।
च. लघु उद्यम विकास कार्यक्रम अन्र्तगत प्रतिस्पर्धामा छनौट भएका व्यवसाय, विकास सेवा प्रदायक संस्थाहरु मार्फत नयाँउद्यमी सृजना, उद्यमीको सिप स्तरोन्नति, सम्भाव्य उत्पादनको उपादकत्व र बजार प्रतिस्पर्धा वृद्धि गर्नका लागि समूहमा प्रविधि हस्तान्तरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने छ ।
छ. घरेलु तथा साना उद्यमीलाई उद्यम विकास तालिम तथा औजार, यन्त्र, उपकरण प्रदान गरिने छ ।
ज. स्थानीय वन पैदावर, प्राकृतिक स्रोत साधन, जडिवुटी, अल्लोमा आधारित उद्योगस्थापना गर्न लगानीकर्ताहरुलाई उचित वातावरणको व्यवस्था गरिने छ ।
पर्यटन तथा संस्कृति
क. मादी गाउँपालिकाको पर्यटकीय सम्भावना बोकेकागन्तव्यहरुको प्रचार प्रसारगर्न डकुमेन्ट्री तथा वृतचित्रलाई विभिन्न संचार माध्यमबाट प्रशारण गरिने छ ।
ख. संघ र प्रदेश सरकारसंँगको समन्वय र साझेदारीमा पर्यटकीय गन्तव्यहरुमा पदमार्ग, खानेपानी, क्याम्पसाइड, सोलार बत्ती, मोबाइल टावर स्थापना जस्ता पूर्वाधारहरु निर्माण गर्दै लैजाने व्यवस्था मिलाइने छ ।
ग. पर्यटकीय गन्तव्यहरुमा होटल, लज, चियापसल, लगायतका व्यवसाय संचालनलाई थप व्यस्थित गरिने छ ।
घ. साँस्कृतिक सम्पदाहरुको संरक्षण र सम्र्वद्धन गर्न विशेष कार्यक्रम संचालन गरिने छ ।
ङ गाउँपालिकाको पर्यटन गुरुयोजना अनुरुप पर्यटन विकास सम्बन्धी विभिन्न गतिविधिहरु संचालन गरिने छ ।
च. गाउँपालिकाभित्र संचालनमा रहेका होमस्टेलाई स्थानीय उत्पादन प्रर्वद्धन गरी पाहुनाको स्वागत सत्कार गर्ने संस्कृतिको विकास गर्न प्रोत्साहित गरिने छ । साथै गाउँपालिकाभित्र ठूला होटल तथा रेष्टुरेण्ट संचालन गर्न निजी क्षेत्रको लगानी भित्र्याउन पहल गरिने छ ।
छ. कोभिड–१९ को लगातारको आक्रमणबाट शिथिल बनेको पर्यटन क्षेत्रलाई तन्दुरुस्त पार्न यस क्षेत्रमा युवा वर्गको सहभागिता बढाई नयाँ पर्यटकीय गन्तव्यहरुको प्रर्वद्धन गरिने छ ।
ज. ऐतिहासिक, साँस्कृतिक र पुरातात्विक महत्व बोकेको क्होलासोंथार क्षेत्रको वृहत्तर विकास गर्न सो स्थानसम्म पुग्न बाँकी सडकको निर्माण गर्ने तथा उक्त क्षेत्रको प्रचार प्रसार गर्न आवश्यक कार्यक्रमहरु संचालन गरिने छ ।
झ. सिक्लेस,कोरी, ठुल्लेक, थुर्चु, दूधपोखरी, नामुन भञ्ज्याङ हुँदै मनाङको तिमाङसम्म करीब दश दिनको यात्रामा पुग्न सकिने महत्वपूर्ण पर्यटकीय पदमार्ग (टोनी हेगन पदमार्ग) लाई विश्व चर्चित राउण्ड अन्नपूर्ण ट्रेकिङ रुटको वैकल्पिक पदमार्गको रुपमा विकास गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा टोनी हेगन फाउण्डेशनमा आवश्यक पहल गरिने छ ।
ञ. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृत सिक्लेस साँस्कृतिक ग्राम पर्यटन पूर्वाधार निर्माण योजनामा पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम कार्यान्वयन गरिने छ ।
ट. थाकहिल, ताराहिलटप, तींडाँडा, क्रपुडाँडा, कोरी, ठुल्लेक, भाले चुचुरो, याङ्जाकोट दरवार, लिप्यानी डाँडा, लम्तरीडाँडा,कपुचे हिउँताल, सवु पोखरी, क्युजे ताल, दुधपोखरी, भगवती मन्दिर, गुरुदेव मन्दिर, ॐकारेश्वर मन्दिर, पोसी सिद्ध मन्दिर, ताराकेश्वर (थुम्को) मन्दिर, लगायतका मठ, मन्दिर तथा गुम्वा, कोईवु, जस्ता धार्मिकतथा पर्यटकीय स्थलको संरक्षण तथा संवद्र्धन गर्न पहल गरिने छ ।
ठ. स्थानीय मौलिक संस्कृति अन्र्तगत, घाटु नाच, सोरठी नाच, बालन नाच, कृष्ण चरित्र, भजन, पञ्चेवाजा लगायतका, संस्कृतिर भेषभूषालाई उचित संरक्षण एंव सम्र्वद्धन गर्न पहल गरिने छ ।
ड. मौलिक लोक संस्कृतिठाडो भाकाका सर्जक स्व. पञ्चसुव्वा गुरुङ्गको सम्झनामा स्मृतिस्तम्भ निर्माण गर्ने व्यवस्था मिलाइने छ ।
सहकारी विकास ः
क. सहकारी शिक्षामा जोड दिई सहकारी दर्ता तथा नवीकरण गर्ने प्रकृयालाई सरल र सहज बनाइने छ ।
ख. सहकारी संस्थालाई मर्यादित, व्यवस्थित र विश्वनीय बनाउन नियमित अनुगमन कार्यलाई जोड दिइने छ ।
ग. सहकारीको माध्यमबाट महिलाहरुको क्षमता विकास सशक्तीकरण र आय आर्जनसँग सम्बन्धित कार्यक्रम संचालन गरिने छ ।
घ. सहकारीमार्फत कृषि तथा पशुपालनको क्षेत्रमा लगानी अभिवृद्धि हुने कार्यक्रम संचालन गर्न प्रोत्साहन गरिने छ ।
ङ . सहकारीलाई पूँजी निर्माणको महत्वपूर्ण माध्यमको रुपमा स्थापित गरी घरेलु तथा साना उद्योग स्थापना र विकासमा जोड दिइने छ ।
च. सहकारीलाई आय आर्जनको एक महत्वपूर्ण माध्यमको रुपमा विकास गरी सहकारीप्रति नागरिक उत्प्रेरणा अभिवृद्धि गर्न सहकारी प्रशिक्षणमा जोड दिईने छ ।
ज्ञद्द। सामाजिक विकास
सामाजिक विकाससंग सम्बन्धित दिगो विकास लक्ष्यकाअवधारणालाई आत्मसात गरी लैंगिक समानता कायम गर्न महिलालाई सशक्त बनाउन आय आर्जन, क्षमता विकासका कार्यक्रम तथा किशोरी र बालिका केन्द्रित जनचेतनामूलक कार्यक्रमहरु संचालन गरिने छ ।
शिक्षा ः
क. “समयसापेक्ष गुणस्तरीय शिक्षा, गाउँपालिकाबासी सबैको अपेक्षा”भन्ने नाराका साथ गाउँपालिकाको प्रथम पञ्चवर्षीय शैक्षिक योजना अनुसार शैक्षिक क्षेत्रको सुधार गर्न प्राथमिकताको आधारमा योजना तथा कार्यक्रम कार्यान्वयन गरिदै लगिने छ ।
ख. स्वच्छ सरसफाई कार्यक्रम अन्तर्गतविद्यालयमाशुद्ध पिउने पानी, बालमैत्री शौचालय, नियमित सरसफाई, प्राथमिक उपचार कक्ष निर्माण जस्ता क्रियाकलापहरुसंचालन गरिने छ ।
ग. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत विद्यालयहरुमा योजना तथा कार्यक्रम संचालन गर्न प्राथमिकताको आधारमा विद्यालय छनौट गरी कार्यान्वयन गर्दै लगिनेछ ।
घ. शिक्षा क्षेत्रमा लगानी गर्न चाहने गैर सरकारी संघ संस्था तथा दातृ निकायहरुले कार्यक्रमको प्रभावकारिता र प्राप्त हुन सक्ने प्रतिफल समेतको आधारमा शैक्षिक तथा भौतिक पूर्वाधार निर्माण तथा सुधारका लागि अनुमति एवं स्वीकृति प्रदान गरिनेछ।
ङ . राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ को आधारमा स्थानीय विषय वस्तुमा आधारित स्थानीय पाठ्यक्रम कक्षा (१–३), कक्षा (४–५) र कक्षा (६–८) निर्माण गरी क्रमशः लागु गरिनेछ।
च. विद्यालयहरुको शैक्षिक गुणस्तर सुदृढीकरण एवम् कार्यसम्पादनमा आधारित रहेर प्रोत्साहन अनुदान कार्यक्रम वितरण गरिनेछ ।गाउँपालिकाको शैक्षिक विकासलाई योजनावद्ध र व्यवस्थित बनाउनका लागि शैक्षिक योजना तयार पारी कार्यान्वयनमा ल्याइनेछ ।
छ. गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुसँग तोकिएको मापदण्डका आधारमाकार्यसम्पादन सम्झौता करार गरी शैक्षिक गुणस्तर वृद्धिमा जोड दिइने छ ।
ज. आधारभूत तह उत्तीर्ण परीक्षा तथा अन्य कक्षाहरुको परीक्षालाई तोकिएको मापदण्डका आधारमा व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गरिने छ ।
झ. शैक्षिक गुणस्तर सुधारमा अग्रसर रही वार्षिक परीक्षामा उत्कृष्ट सिकाइ उपलब्धि प्राप्त गर्न सफल विद्यालय,प्र.अ., शिक्षक,विद्यार्थी, विद्यालय व्यवस्थापन समितिलाई प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था गरिनेछ।
ञ. महामारी,प्राकृतिक प्रकोप,महाविपत्ति जस्ता विषम परिस्थितिमा नियमित रुपमा शैक्षिक क्रियाकलाप संचालन गर्न नसक्ने अवस्थामा वैकल्पिक सिकाई प्रक्रिया अवलम्बन गरी विद्यार्थीको शैक्षिक क्षति न्यूनीकरण गर्ने व्यवस्था मिलाइनेछ ।
ट. विद्यालयको शैक्षिक गुणस्तर सुधारका निमित्त अनुगमन समिति, शिक्षा शाखा, जनप्रतिनिधि, अभिभावकमार्फत नियमित अनुगमन, निरीक्षण र सुपरीवेक्षणमा विशेष जोड दिइने छ ।
ठ. विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउदै शिक्षण सिकाईमा प्रविधिको प्रयोगमा जोड दिइने छ ।
ड. आधारभूत तथा माध्यमिक विद्यालयमा क्रमशः इ– पुस्तकालय, विज्ञान प्रयोगशाला र कम्प्युटर कक्ष निर्माण गरिने छ । साथै सवै विद्यालयमाई–हाजिरी प्रयोगमा ल्याइने छ ।
ढ. विद्यालयका शैक्षिक गतिविधि र योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रधानाध्यापकसंगको अन्तक्रियात्मक बैठकलाई निरन्तरता दिइनेछ।
ण. आधारभूत तहमा अनिवार्य नेपाली भाषाका साथै सम्बन्धित विद्यार्थीको मातृभाषालाई पढाइको माध्यम बनाइनेछ । बालबालिकालाई विद्यालय शिक्षाबाट बञ्चित हुन नदिन, विद्यालयमा टिकाइ राख्न र शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि दिवा खाजा (कक्षा १–५) कार्यक्रम सञ्चालनमा ल्याइनेछ।
त. उपाध्यक्षसँग छात्रा लक्षित कार्यक्रम अन्तर्गत कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड तथा प्राथमिक उपचारका सामग्रीहरु वितरण गरिनेछ।
थ. विद्यार्थीको क्षमता पहिचान र प्रतिभा प्रष्फुटनका लागि राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सहित पालिकास्तरीय विभिन्न अतिरिक्त शैक्षिक क्रियाकलाप सञ्चालन गरिनेछ।
द. कार्यगत सीमितता (अपाङ्ता) भएका बालबालिकाहरुको कार्यगत सीमितताको प्रकृति हेरी प्रोत्साहनसहित सिकाई सहजीकरणको लागि विषेश प्रवन्ध गर्ने व्यवस्था मिलाइने छ ।
ध. गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत माध्यमिक तहका विद्यार्थीहरुबीचःबतजझबतष्अक ःष्लम न्चयगउ र क्अष्भलअभ ःष्लम न्चयगउनिर्माण गरिने छ ।
न. शिक्षकको पेशागत समस्या समाधानका लागि शैक्षिक संवाद समिति र शिक्षक काउन्सिलको व्यवस्था गरिनेछ ।
प. विद्यालयको शैक्षिक कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न, विभिन्न तालिमहरु सञ्चालन एवं समन्वय गर्दै शिक्षकहरुको पेशागत क्षमता विकास गर्न विद्यालय लेखा प्रणाली, आधारभूत र माध्यमिक तहका शिक्षकहरुका लागि विज्ञान, गणित र अंग्रेजी विषयको क्षमता विकास तालिम तथा सूचना प्रविधि तालिम सञ्चालन गरिनेछ ।
फ. बालबालिकाको शिक्षाको जग मानिएको इसिडी तहमा कार्यरत बालविकास सहयोगी कार्यकर्ताहरु र विद्यालय कर्मचारीहरुलाई श्रम ऐनले तोके अनुसारको पारिश्रमिक उपलब्ध गराउन पहल गरिनेछ ।
ब. विद्यालयतहका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी अनुशासित र स्वावलम्बी बनाउन नेपाल स्काउट मादी शाखासंगको सहकार्यमा कार्यक्रम संचालन गरिने छ ।
स्वास्थ्य ः
क. पालिकाका सबै स्वास्थ्य संस्थाहरूबाट तोकिएबमोजिमका निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरिने छ ।अस्पताललगायत सबै प्रकारका स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको गुणस्तर सुनिश्चित गरिने छ।
ख. तल्लो छाचोकमा निर्माण हुने १५ शैयाको अस्पताल भवन निर्माण कार्य सुरु गरिने छ । साथै नयाँ निर्माण भएका आधारभूत स्वास्थ्यकेन्द्रमा फर्निचर फिक्र्चस तथा आवश्यक जनशक्तिको व्यवस्थापन गरिने छ ।
ग. महिला स्वास्थ्य सवयं सेविकाहरुलाई थप प्रोत्साहन गर्न गाउँपलिकाको तर्फबाट समेत मासिक यातयात खर्च उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइने छ ।
घ. जीर्ण भवन भएका स्वास्थ्य चौकीहरुको नयाँ भवन निर्माणको लागि आवश्यक पहल गरिने छ ।
ङ. भौगोलिक दुरीका कारण स्वास्थ्य चौकीबाट टाढा रहेका बस्तीहरुमा सञ्चालित सामुदायिक स्वास्थ्य इकाईहरुलाई निरन्तरता दिईने छ ।
च. सबै नागरिकलाई आधारभूत आकस्मिक स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गरिने छ।
छ. स्वास्थ्यमा सर्वव्यापी पहुँचको अवधारणाअनुरूप प्रवद्र्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनस्र्थापनात्मक तथा आयुर्वेद स्वास्थ्य सेवालाई एकीकृत रूपमा विकास तथा विस्तार गरिने छ।
ज. स्वास्थ्य क्षेत्रमा सरकारी, निजी तथा गैरसरकारी क्षेत्रबीचको सहकार्य तथा साझेदारीलाई प्रवद्र्धन, व्यवस्थापन तथा नियमन गर्नुका साथै स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानका क्षेत्रमा निजी, आन्तरिक तथा बाह्य लगानीलाई प्रोत्साहन एवं संरक्षण गरिने छ।
झ. आयुर्वेद, प्राकृतिक चिकित्सा, योग तथा होमियोप्याथिक लगायतका चिकित्सा प्रणालीलाई एकीकृत रूपमा विकास र विस्तार गरिने छ।
ञ. स्वास्थ्य सेवालाई सर्वसुलभ, प्रभावकारी तथा गुणस्तरीय बनाउन जनसंख्या, भूगोल र स्थानीय संरचना अनुरूप दक्ष स्वास्थ्य जनशक्तिको विकास तथा विस्तार गर्दै स्वास्थ्य सेवालाई व्यवस्थित गरिने छ।
ट. सरुवा रोग, किटजन्य रोग,जलवायु परिवर्तन र अन्य रोग तथा महामारी नियन्त्रणलगायत विपद् व्यवस्थापन पूर्वतयारी तथा प्रतिकार्यको एकीकृत उपायहरू अवलम्बन गरिने छ।
ठ. नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि व्यक्ति, परिवार, समाज तथा सम्बन्धित निकायलाई जिम्मेवार बनाउँदै एकीकृत स्वास्थ्य प्रणालीको विकास तथा विस्तार गरिने छ।
ड. पोषणको अवस्थालाई सुधार गर्न, मिसावटयुक्त तथा हानिकारक खानालाई निरुत्साहित गर्दै गुणस्तरीय एवं स्वास्थ्यवर्धक खाद्यपदार्थको प्रवद्र्धन, उत्पादन, प्रयोग र पहुँचलाई विस्तार गरिने छ।
ढ. स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीलाई आधुनिकीकरण, गुणस्तरीय तथा प्रविधिमैत्री बनाई एकीकृत स्वास्थ्य सूचना प्रणालीको विकास गरिने छ।स्वास्थ्यसम्बन्धी सूचनाको हक तथा सेवाग्राहीले उपचारसम्बन्धी जानकारी पाउने हकको प्रत्याभूति गरिने छ।
ण. मानसिक स्वास्थ्य, मुख, आँखा, नाक कान घाँटी स्वास्थ्य सेवालगायतका उपचार सेवालाई विकास र विस्तार गरिने छ।
त. स्वास्थ्य क्षेत्रमा नीतिगत, संगठनात्मक तथा व्यवस्थापकीय संरचनामा समयानुकूल परिमार्जन तथा सुधार गर्दै सुशासन कायम गरिने छ।
थ. सुरक्षित मातृत्व, बाल स्वास्थ्य, किशोर–किशोरी तथा प्रजनन स्वास्थ्य, प्रौढ तथा जेष्ठ नागरिकलगायतका सेवाको विकास तथा विस्तार गरिने छ।बढ्दो शहरीकरण, आन्तरिक तथा बाह्य बसाइँसराइजस्ता विषयहरूको समयानुकूल व्यवस्थापन गर्दै यसबाट हुने जनस्वास्थ्यसम्बन्धी समस्याहरूलाई समाधान गरिने छ।
द. जनसांख्यिक तथ्यांक व्यवस्थापन, अनुसन्धान तथा विश्लेषण गरी निर्णय प्रक्रिया तथा कार्यक्रम तर्जुमासँग आबद्ध गरिने छ।
ध. प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्दै संक्रामक रोग नियन्त्रण तथा व्यवस्थापनका लागि एकद्वार स्वास्थ्य पद्धतिको विकास तथा विस्तार गरिनुका साथै वायु प्रदूषण, ध्वनि प्रदूषण, जल प्रदूषणलगायतका वातावरणीय प्रदूषणका साथै खाद्यान्न प्रदूषणलाई वैज्ञानिक ढंगले नियमन तथा नियन्त्रण गरिने छ।
महिला, बालबालिका, अपाङ्गता तथा जेष्ठ नागरिक
क. उपाध्यक्षसंँग महिला कार्यक्रम अन्र्तगत १२ वटै वडाका महिलाहरुलाई आर्थिक विकासका लागि सीपमूलक तालिम तथा आयआर्जन कार्यक्रमलाई निरन्तरता दिइने छ ।
ख. सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक, आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति, असहाय एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने व्यक्ति, आदिको तथ्यांक संकलन तथा अद्यावधिक कार्यलाई निरन्तरतादिइने छ ।
ग. न्यायिक समिति तथा वडास्तरीय मेलमिलाप समिति मार्फत महिला हिंसाका विवादलाई प्राथमिकतामा राखी छिटो न्याय दिने विषयलाई प्राथमिकता दिइने छ । साथै महिला सशक्तीकरणमा जोड दिई बालविवाह तथा दाईजो प्रथा लगायतका सामाजिक विकृति र विसंगतिलाई निरुत्साहित गरी महिला हिंसा शून्य गाउँपालिका बनाउन पहल गरिनेछ ।
घ. न्यायिक समितिलाई प्राप्त अधिकार र न्यायिक समितिबाट सम्पादन गरिने विवाद समाधान सम्बन्धी विषयको जानकारी बस्ती स्तरसम्म पु¥याउने कार्यलाई व्यवस्थित गरिने छ ।
ङ. आपत्कालीन बाल तथा महिला संरक्षण कार्यकोलागि बजेट व्यवस्था गरी आवश्यक कार्यक्रम संचालन गरिने छ ।
च. अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक समावेशीकरण एवं सेवा प्राप्तिमा सहज पहुँचका लागि गाउँपालिकाभित्र निर्माण गरिने सरकारी कार्यालयलाई क्रमशः अपाङ्गमैत्री बनाउँदै लगिनेछ ।
छ. अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र वितरण कार्यविधि,२०७५ अनुसार अपाङ्गता भएका व्यक्तिहरुको परिचय–पत्र नियमित रुपमा वितरण गरिनेछ ।
ज. हिँडडुल तथा खानपानमा अरुको सहारा लिनुपर्ने पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी निजहरुको स्याहार–सुसारमा खटिने सहयोगीलाई अतिरिक्त प्रोत्साहन भत्ता उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइने छ ।
झ. जनजाति, दलित, द्धन्द्ध पीडित, शहिद परिवार, आर्थिक सामाजिक रुपले पछाडि परेको वर्ग तथा समुदायको हितको लागि वडा मार्फत संचालन गरिने लक्षित कार्यक्रमलाई सीपमूलक र रोजगारी मूलक बनाउन जोड दिइने छ ।
ञ. मातृ–शिशु (सुत्केरी) भेटघाट कार्यक्रमलाई निरन्तरता दिइने छ ।
खानेपानी तथा सरसफाई
क. दिगो विकासलक्ष्यअन्र्तगत सबैकालागि स्वच्छ पानी र सरसफाईको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिश्चित गर्न पालिकाबासीलाई स्वच्छ र सफा खानेपानी आपूर्ति गराउन संघीय सरकार, प्रदेश सरकार तथा अन्य सरकारी तथा गैह्रसरकारी संघ संस्थासँंगको समन्वय र साझेदारीमा एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिइने छ ।
ख. खानेपानी योजनाको मर्मत संभारको लागि आवश्यक बजेटको व्यवस्था मिलाइने छ । खानेपानीका समस्या भएका स्थानहरुको समस्या समाधानको लागि खानेपानीको पाइप वितरण कार्यलाई निरन्तरता दिइने छ ।
ग. पालिकाभित्र उत्र्सजन हुने कुहिने र नकुहिने फोहोरमैलाको वर्गीकरण गरी नकुहिने फोहोरको उचित तवरले व्यवस्थापन गर्न फोहोर संकलन केन्द्र निर्माण गरिने छ ।
घ. घरभित्रको फोहोर मैला व्यवस्थापन तथा टोल बस्ती सरसफाई कार्यक्रम संचालन गर्न टोल विकास समितिलाई परिचालन गरिने छ ।
युवा तथा खेलकुद, कला र साहित्य
क. संघ र प्रदेश सरकारसंगको साझेदारीमा गाउँपालिकास्तरीय रङ्गशाला निर्माण गर्ने कार्यलाई अगाडि बढाइनेछ ।
ख. गाउँपालिकाको आफ्नै मौलिक पहिचान झल्किने स्थानीय गान प्रयोगमा ल्याइने छ
ग. गाउँपालिकामा स्थायी बसोबास गरी राष्ट्रिय तथा प्रदेश स्तरको खेल इभेन्टमा पदक प्राप्त गर्ने खेलाडीलाई मादीजन्मभूमि पुरस्कारबाट सम्मान गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
घ. मादी जन्मभूमि पुरस्कारको ट्रफी डिजाइन गरी विभिन्न क्षेत्रमा योगदान पु¥याएका प्रतिभा एवम् सर्जक तथा स्रष्टालाई पुरस्कृत एवम् सम्मान गर्ने परम्पराको थालनी गरिने छ ।
ङ. बेरोजगार युवालाई स्वरोजगार बनाउन आयआर्जन तथा क्षमता विकासका कार्यक्रमहरु संचालन गरिनेछ । साथै वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमानै केही गर्न चाहने युवा वर्गलाई प्रोत्साहित गर्न विशेष कार्यक्रम संचालन गरिने छ ।
च. संघ र प्रदेश सरकारतथा जिल्ला स्थित अन्य स्थानीय तहसँगको समन्वय र सहकार्यमा वैदेशिक रोजगारमा जान चाहने व्यक्ति तथा तिनका परिवारहरुलाई लक्षित गरी सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना प्रवाह, मनोसामाजिक परामर्श सेवा, सीप विकास र विप्रेषणको आयमुलक क्षेत्रमा परिचालनका लागि वित्तीय साक्षरता लगायतका कार्यक्रम संचालनलाई निरन्तरता दिइने छ ।
छ. कोरोनाको चपेटामा परी रोजगारी गुमाएका तथा विदेशवाट फर्केका युवालाई अध्यक्षसंग युवा स्वरोजगार कार्यक्रम तथा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत गरी गाउँपालिका भित्र संचालन हुने विकास आयोजना तथा कार्यक्रममा रोजगारी उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।
ज. खेलकुद, नवप्रवर्तन र उद्यमशीलताको विकास मार्फत युवाहरुलाई रचनात्मक कार्यहरुमा परिचालन गरिनेछ ।
झ. मादी गाउँपालिका स्तरीय खेलकुद विकास समिति गठन गरी परिचालन गरिने छ ।
ञ युवाहरुको हक, हित र अधिकारको संरक्षण एवम् सम्बद्र्धनगर्न गाउँयुवा परिषद् सम्बन्धी कार्यविधि तर्जुमा गरी लागु गरिने छ ।
ज्ञघ। सुशासन, संस्थागत विकास तथा सेवा प्रवाह
क. गाउँपालिकाको पहिलो कार्यकालमा विकास निर्माण तथा सामाजिक सुधारको क्षेत्रमा भएका गतिविधिहरु समेटेर “मादी गाउँपालिकाको पहिलो कार्यकाल” नामक पुस्तक तथा भिडियो डकुमेन्ट्री प्रकाशन गरिने छ ।
ख. पालिका तथा अन्तर्गतका कार्यालयबाट प्रवाह गरिने सेवालाई मितव्ययी, प्रभावकारी, उत्तरदायी, पारदर्शी र नतिजामुखी बनाउनको लागि आवश्यक संरचनागत तथा संस्थागत व्यवस्थालाई जनमुखी तुल्याउँदै नागरिक मैत्री सेवा प्रवाहको वातावरण सृजना गरिने छ ।
ग. गाउँपालिका तथा अन्तर्गतका कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहलाई विद्युतीय माध्यमद्वारा संचालन गरिने छ । सो को लागि आवश्यक पर्ने सफ्टवेयर खरिद तथा संचालनको व्यवस्था मिलाइने छ ।
ङ. गाउँपालिकातथा अन्तर्गतका कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहका सम्बन्धमा प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई गरी जनता प्रतिको जवाफदेहिता र उत्तरदायित्व बहन गर्ने कार्यलाई व्यवस्थित गरिने छ ।
च. गाउँपालिकाको आवधिक योजना र बजेट वीच तादम्यता मिलाई मध्यमकालीन खर्च संरचना तयार गरिने छ ।
छ. राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभाग अन्तर्गत सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणालीसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिइने छ ।
ज. पालिकाभित्र संचालित विकास योजना, कार्यक्रमहरुको प्रभावकारिता एवं गुणस्तरीयताको लागि अनुगमन तथा मूल्यांकन कार्यलाई व्यवस्थित गर्न अनुगमन मुल्यांकनप्रगतिको मासिक रुपमा समीक्षा गरिने व्यवस्था मिलाइने छ ।
झ. कानुनी शासनको प्रणालीलाई स्थापित गर्नको लागि स्थानीय तहलाई प्रदत्त कानुन निर्माणको अधिकार क्षेत्रभित्र रही संघीय र प्रदेश कानुनसंँग तादत्म्यता मिलाई आवश्यक नीति, कानुन तथा कार्यविधिहरु तर्जुमा गरी कार्यान्वयनमा ल्याईने छ ।
ञ. खरिद कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन वार्षिक खरिद योजना तयार पारी लागु गरिने छ ।
ट. रु. दश लाख भन्दा माथिका योजना तथा कार्यक्रम संचालन गर्दा प्रतिस्पर्धा मार्फत गरिने व्यवस्थालाई निरन्तरता दिइने छ ।
ठ. आन्तरिक आयका स्रोतहरुको संभाव्यता अध्ययन, राजश्वका दायरा विस्तार, राजस्व बाँडफाँड, अन्तरसरकारी वित्तीय हस्तान्तरण तथा गैससको स्रोत परिचालनको लागि स्थानीय सरोकारवाला, प्रदेश सरकार र संघ सरकारका निकाय तथा गैसस र विकास साझेदारसँग परामर्श, समन्वय र साझेदारी गरिनेछ ।
ड. गाउँपालिकाभित्र दरबन्दीमा कार्यरत कर्मचारीलाई स्वीकृत तलबमान अनुसार तलव भत्ता उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।
ढ. गाउँपालिका तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरुको मनोवल उच्च बनाई कार्य सम्पादनमा उत्कृष्टता हासिल गर्न मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउने व्यवस्था मिलाइने छ । सोको लागि मापदण्ड तर्जुमा गरी कार्यान्वयनमा ल्याइने छ ।
ण. सूचना प्रविधि अधिकृत, एम.आइ.एस. अपरेटर, फिल्ड सहायक, कृषि तथा पशु प्राविधिक कर्मचारीको सेवालाई निरन्तरता दिन पारिश्रमिकमा पालिकाको सहभागिता सुनिश्चित गरिने छ ।
त. स्थानीय तहको लागि लोकसेवा आयोगबाट सिफारिसमा स्थायी नियुक्ति लिई यस पालिकामा कार्यरत कर्मचारीको योगदानमा आधारित कोष कट्टीको व्यवस्था मिलाइने छ । साथै साविकका स्थानीय निकायका स्थायी वा अस्थायी नियुक्ति लिई निरन्तर रुपमा कार्यरत कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यक्रममा आवद्घ गरिने छ ।
थ. संघीय सरकारको नीति बमोजिम गाउँपालिका अन्र्तगत कार्यरतकर्मचारीलाई १० दिन बराबरको तलब सहितको पर्यटन काज स्वीकृत गरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने व्यवस्था मिलाइने छ ।
द. नागरिकसँग प्रत्यक्ष र नियमित सम्पर्क स्थापित गर्न वडा सचिवलाई मोवाईल सेट र पोष्टपेड सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।
ध. बजार अनुगमन निर्देशिका बमोजिम पालिका भित्रका व्यापार व्यवसाय दर्ता, नवीकरण र मूल्य सूची कायम गर्ने प्रणाली स्थापित गर्दैैै सवै प्रकारका व्यापार व्यवसायलाई करको दायरामा ल्याइने छ ।
न. आर्थिक सुशासन र पारदर्शिता कायम गर्न पेश्की तथा बेरुजुलाई निरुत्साहीत गरिने छ ।
प. सामुदायिक वन उपभोक्ता समिति मार्फत संकलित आम्दानीको १० प्रतिशतले हुन आउने रकम पालिकाको आन्तरिक राजश्व खातामा जम्मा गर्ने व्यवस्था मिलाइने छ ।
फ. गाउँपालिकाभित्र संचालनमा रहेका सरकारी एवं गैर सरकारी संघ संस्थाहरुलाई गै.स.स. परिचालन तथा व्यवस्थापन कार्यविधि, २०७५ बमोजिम नियमन गरिने छ ।
ब. नयाँ निर्माण भएका वडा कार्यालयमा मर्यादाक्रम अनुसार वडा सदस्यहरुको कार्य कक्ष निर्माण तथा व्यवस्थापन गर्ने व्यवस्था मिलाइने छ ।
ज्ञद्ध। पूर्वाधार विकास
क. गाउँपालिका भित्र निर्माण हुने सबै संचनाहरुलाई भवन निर्माण मापदण्ड अनुसार निर्माण गर्न घर नक्सा शाखा मार्फत विभिन्न कार्यक्रमहरु संचालन गरिने छ ।
ख. संघ र प्रदेश सरकारबाट संचालित सडक, सडक पुल, झोलुङ्गे पुल, सिंचाई आयोजना, भवनलाई तोकिएको समयभित्रनै सम्पन्न गर्नको लागि आवश्यक समन्वय र सहजीकरण गरिने छ ।
ग. संघीय सरकार, प्रदेश सरकार तथा दातृ संस्थामार्फत संचालन हुने योजना तथा कार्यक्रममा कार्यविधि तथा मापदण्ड बमोजिम लागत साझेदारी गर्ने व्यवस्था मिलाइने छ ।
घ. वडाभित्रका सानातिना भौतिक पूर्वाधार निर्माणका कार्यहरु वडास्तरबाट नै संचालन गर्ने व्यवस्था मिलाइने छ।
ङ. गाउँपालिकाभित्र रहेका ग्रामीण सडक मर्मत सम्भारको लागि आवश्यक व्यवस्था मिलाइने छ ।
च. ठेक्का प्रकृया मार्फत संचालन हुने योजनको ठेक्का सूचना आर्थिक वर्षको असोज महिना भित्र प्रकाशन गरी सक्ने व्यवस्था मिलाइने छ ।
छ. ठुला आयोजनाको निर्माण कार्यलाई गुणस्तरीय बनाउन नियमित अनुगमन मुल्यांकन गर्न तथा निर्माण कार्य सहजीकरण गर्न आयोजनाको निर्माण अवधिभरका लागि छुटै प्राविधिक कर्मचारीको व्यवस्था मिलाइने छ ।
ज. मध्य पहाडी लोकमार्ग भैंसे, ज्याउदु, सवी, मेलबोट, पानीघाट, मौजा हुँदै पोखराको याम्दी जोड्ने गरी नयाँ एलाइण्टमेट कायम गर्न सम्बन्धित निकायमा पहल गरिने छ ।
झ. नवीकरणीय उर्जा कार्यक्रम अन्र्तगत विभिन्न कार्यक्रमसंचालन गरिने छ ।
ञ. प्रदेश सरकार र विद्युत् प्राधिकरणको समन्वयमा विद्युत आर्पुति सुधार सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गरिने छ ।
ट. मादी गाउँपालिकाको मद्क्यु देखि मनाङ्गको पिसाङ्ग जोड्ने सुरुङ्ग मार्ग निर्माण गर्न सम्भाव्यवता अध्ययन गर्ने र आयोजना कार्यान्वयनको लागि संघीय सरकार, प्रदेश सरकार तथा लगानीकर्ताहरुलाई आह्वान गर्ने ।
ठ. कार्यपालिकासदस्य तथा वडा सदस्यहरु प्रत्येकको सिफारिसमा एक÷एकवटा पूंजीगत योजनाको लागिबजेट विनियोजन गर्ने व्यवस्था मिलाइने छ ।
ज्ञछ। वन, वातावरण तथा विपद् व्यवस्थापन
क. विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि परीक्षणको दायरा बढाउने, संक्रमित व्यक्तिहरुको उपचार व्यवस्थापनका लागि थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना भएको आइसोलेशन कक्षलाई थप व्यवस्थित बनाउँदै लगिने छ ।
ख. कोभिडबाट संक्रमित भई होम आइसोलेशनमा बस्ने व्यक्तिहरुलाई औषधी तथा खाद्यान्नको प्याकेज उपलब्ध गराउने तथा थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराउने संक्रमितलाई निःशुल्क खाना तथा औषधी उपचारको व्यवस्था मिलाइने छ ।
ग. कोरोना संक्रमित व्यक्तिहरुलाई आवश्यकता अनुसार निःशुल्क एम्वुलेन्स सेवा उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।
ङ. विपद् व्यवस्थापन कार्यविधि संशोधन गरी दुर्घटनामा परी गम्भीर चोटपटक लागेका, अंगभंग भएका, कोभिड संक्रमित भई भेन्टिलेटरमा खर्चिलो औषधी उपचार गर्नुपर्ने भएमा तथा मृत्यु भएमा राहत दिने व्यवस्था मिलाइने छ ।
च. विपद्् व्यवस्थापनको लागि गाउँपालिकाले संचालन गदै आएका कार्यक्रमहरुलाई निरन्तरता दिइने छ ।
छ. गाउँपालिकाको वन ऐन निर्माण गरी लागू गरिने छ ।
ज पालिकाभित्र रहेका सामुदायिक वन उपभोक्ता समिति तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई वन संरक्षण सम्बन्धी तालिमको व्यवस्था गरिने छ र चोरी शिकारी, वन डडेलो नियन्त्रण कार्यलाई प्रभावकारी वनाइने छ ।
झ. भू–क्षय नियन्त्रण, नदीकटान नियन्त्रणको लागि भू–संरक्षण सम्बन्धी कार्य योजना तयार पारी लागु गरिने छ ।
ञ. विपद् जोखिम न्यूनीकरण सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गरिने छ ।
ट. विपद् जोखिम तथा महामारी नियन्त्रणको लागि समयानुकूल पालिकाको विपद् प्रतिकार्य योजना परिर्माजन गर्दै लैजाने व्यवस्था मिलाइने छ ।
ठ. गाउँपालिकाको उपल्लो भेकमा रहेका बहुमुल्य जडिवुटी तथा वन पैदावरको संरक्षणको लागि आवश्यक पहल गरिने छ ।
ड. पोखरा महानगरपालिकासंगको समन्वय र सहकार्यमा ल्याण्ड फिल्ड साइटको व्यवस्थापन गरी फोहोरमैलाको उचित व्यवस्थापन गर्ने व्यवस्था मिलाइने छ ।
ढ. विपद् पछिको उद्दार, राहत तथा पुर्नस्थापना कार्यमा सहजीकरण गर्न एक गाउँ एक हेलिप्याड निर्माण गर्ने कार्यको शुरुवात गरिने छ ।
ण. मनसुन जन्य विपद्बाट विस्तापितलाई पुर्नस्थापित गर्ने कार्यक्रम संचालन गर्न पहल गरिने छ ।
आदरणीय सभा सदस्य ज्यूहरु,
ज्ञट। अन्त्यमा, प्रस्तुत नीति तथा कार्यक्रम तर्जुमा गर्ने चरणमा प्रत्यक्ष वा परोक्ष सहयोग पु¥याउनु हुने कार्यपालिका सदस्य, सभा सदस्य, राष्ट्रसेवक कर्मचारी आम स्थानीय नागरिक, राजनीतिज्ञ, वौद्घिक वर्ग, समाजसेवीहरुप्रति हार्दिक कृतज्ञता अर्पण गर्दछु । विगतका वर्षमा गाउँपालिकाले लिएका दीर्घकालीन क्षेत्रगत नीतिहरुको प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेमा मादी गाउँपालिकाको भौतिक पूर्वाधार, आर्थिक, सामाजिक, साँस्कृतिक एवं मानवीय पक्षको विकासमा सकारात्मक प्रभाव पर्ने हुँदा यसको सफल कार्यान्वयनका लागि सम्वद्ध सबै सरोकारवाला पक्षहरुबाट सदा झैं निरन्तर सहयोगको अपेक्षा सहित प्रस्तुत नीति तथा कार्यक्रमको छलफलमा यस सभाबाट थप रचनात्मक सुझावहरुको अपेक्षा सहित हार्दिक कृतज्ञता प्रकट गर्दछु ।
धन्यवाद !
अध्यक्ष
वेद बहादुर गुरुङ्ग




