हाम्रा लागि के गर्यौ र आफ्नै लागि गर्यौ
शिखरैमा पुगे पनि नजरबाट झर्यौ
कायाकल्प गर्छौं भन्यौ नारा मात्र गायौ
उज्यालोको आशा देखाइ अध्यारोमा ल्यायौ
चढि हाम्रै काँधमाथि कयौं खोला तर्यौ
शिखरैमा पुगे पनि नजरबाट झर्यौ
नीति , थिति धुलो भयो प्रधान भयो शक्ति
इमानको खडेरी भो रित्तियो देशभक्ति
देश भन्यौ , जनता भन्यौ के के भ्रम छर्यौ
शिखरैमा पुगे पनि नजरबाट झर्यौ ।




