युवाले खोले डिजिटल कृषि बजार

किसान र उपभोक्तालाई सिधै जोड्ने उद्देश्यले स्थापित अर्बन बजारलेचाडै सेवा थाल्ने भएको छ । करिब १ करोड लगानीमा अर्बनले १२ असारबाट सेवा सुरु गर्ने छ ।

कृषकले उत्पादन गरेका तरकारी, दुग्धजन्य, फलपूmलजन्य, स्थानीयउत्पादन र मासुजन्यउत्पादनलाई सिघै उपभोक्तासम्म पु¥याउने योजना रहेको कम्पनीका अध्यक्ष तिलक लामिछानेले जानकारी दिए । यसमा पोखराका ४ युवा व्यवसायीको लगानी छ ।

डिजिटल युगमा दैनिकउपभोग्य समानखरिद गर्न बजारसम्म जानुपर्ने बाध्यता कमगर्नडिजिटल हाटबजारका रुपमा अर्बन भरपर्दो विकल्प बन्ने अर्का सञ्चालकदीपक सिंजालीले बताए । ‘किसानकाजुनसुकै उत्पादनलाई ग्रेडिङ तथाप्याकिङ गरी मूल्य र उपभोग्यमिति सहितको लेबर टाँसेर बजार पठाउँछौं,’ उनले भने । अर्गानिक तथा ननअर्गानिक गरी तरकारी तथाफलपूmलको ग्रेडिङ गर्ने र गुणस्तरमाकुनै पनि सम्झौतानगर्ने उनले बताए ।

कम्पनीमाउपलब्धहुने कृषिउत्पादन अर्बनको वेबसाइट धधध।गचदबलदबशबबच।अयm।लउतथामोबाइलएप डाउनलोड गरी अर्डर गर्न सकिनेछ । टेलिफोनबाट पनि अर्डर गर्न सकिनेछ ।

पहिलो चरणमा पोखरा र आसपासलाई लक्षित गरी व्यवसाय सुरु गरिएको सञ्चालक विजय बरालले बताए । छिट्टै नेपालभरि शाखाद्वारा सेवा पु¥याउने लक्ष्यलिइएको उनले सुनाए । ‘सामान डेलिभरी गर्ने समय, पारदर्शिता, स्वास्थ्य सुरक्षातथा सेवाएवं गुणस्तरमा गम्भीर छौं,’ उनले भने, ‘यो डिजिटल युगहो । अब भान्सामै बसेर ग्राहकले अर्डर गर्न सक्नुहुन्छ र ग्राहकले चाहेको सामानभान्सामै पु¥याउने काम अर्बन बजारले गर्नेछ ।’

कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सामान डेलिभरी गरिने कम्पनीले जनाएको छ ।