जगदम्बा स्टिलमा आगलागी, दुई मजदुरको मृत्यु

प्रतीकात्मक तस्बिर

सिमरास्थित जगदम्बा स्टिल उद्योगमा शनिबार आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ । घटनामा चार मजदुर घाइते भएका छन् ।

उद्योगमा रहेको फर्निस आयलको ट्याङ्कीमाथि वेल्डिङ गर्ने क्रममा बेलुकी साढे सात बजे आगलागी भएको हो । आगलागीमा परी दुई मजदुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुईवटा दमकलले एक घन्टा लगाएर आगो नियन्त्रणमा लिएको डीएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारण घर भएका ४० वर्षिय प्रदिप गौण र बिहानकै सिवान जिल्लाका ४५ वर्षिय रामनाथ महतो रहेका छन् ।