ताजा पदाधिकारी पनि देखियो
योग्य उत्तराधिकारी पनि देखियो
देशका निम्ति के लछारे यिनलेरु
समृद्धि सूचकांक पनि देखियो।
कस्तो ठट्टा गरेर बोलेको मन पर्यो
बोलीमा दम्भ घोलेको पनि मन पर्यो
यहाँको सब कदम मन पर्ने भयो नै
पल्ला घरेलाई मन खोलेको मन पर्यो।
प्रजातन्त्र भन्नेले पनि त लुट्यो हामीलाई
समाजवाद वालाले पनि चुट्यो हामीलाई
जाने अब खै कता केका लागि सोझो जन
चुनाव भनिरहेछन् सुन्दैमा पुग्यो हामीलाई ।




