गीत : रोएको छ गाउँबस्ती…

रोएको छ गाउँबस्ती हुनसम्म भयो
घर खेत पहिरोले बगाएर लयो।

दोभानमा खेत हजुर ,त्रिवेणीमा घर
रातै भरी झरी पर्दा लाग्छ सधैं डर
तगारोमै आइसक्यो खहरेको छाल
घरभित्रै पस्न लाग्यो लौन पापीकाल ।

रोएको छ गाउबस्ती हुनसम्म भयो
घर खेत पहिरोले बगाएर लयो ।

आकाशबाट मुसुलधारे पानी पर्दा खेरी
घर छोडेर हिड्नु पर्छ हामी सधैं भरी
बाडी आयो घरबास पार्यो सत्यनास
हामी दुखी कहाँ जानु त्रिपालकै बास ।

रोएको गाउँबस्ती हुन सम्म भयो
घरखेत पहिरोले बगाएर लयो ।