विश्व समुदाय कोभिड १९ महामारीसँग जुधिरहेको छ। यसको असर नपरेको कुनै पनि भूगोल, वर्ग, क्षेत्र र समुदाय छैन।
नेपाल सरकारले खोप कार्यक्रमलाई अगाडि बढाईरहेको छ। अहिलेसम्म स्वस्थ्यकर्मी, पत्रकार, ६२ वर्ष माथी उमेर समुहलाई सरकारले खोप दिईसकेको छ। तर अन्य व्यक्तिहरु भन्दा बढि जोखिममा रहेका अपाङ्गता भएका व्यक्तिहरु अझै पनि प्राथमिकतामा पर्न सकेको छैन।
यहि विषयलाई केन्द्रमा राख्दै पोखरामा १० वर्षदेखि अपाङ्गता क्षेत्रमा क्रियाशील संस्था स्वाबलम्बन जीवनपद्धति केन्द्र पोखराले आज जुम मार्फत प्रेस मिट गरेको छ।
अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयुक्त भौतिक पूर्वाधार, सञ्चार सेवा,पिसीआर परीक्षण स्थल, आइसोलेसन सेण्टर, उपचार गर्ने अस्पतालहरु समेत कमै मात्रामा रहेको र व्यक्तिगत सहयोगी, परिवारका सदस्यहरु, सहकर्मी तथा सहयोगीहरुको सहयोगबाट जिविकोपार्जन गनुपर्ने यो वर्ग महत्वपूर्ण अधिकारको रुपमा रहेको स्वास्थ्य अधिकारबाट समेत वञ्चित भएकाले सरकारले खोप कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई प्रथमिकतामा राख्नुपर्ने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
कार्यक्रममा रातो काड वर्गमा पर्ने अपाङ्गता भएकी सन्धा सुवेदी र बौद्धिक अपाङ्गता भएको बाबुको अभिभावक नन्द गुरुङले अपाङ्गता भएका व्यक्तिहरुको रोग प्रतिरोधात्मक क्षमता कम हुने र हेरचाह गर्न समेत गाह्रो हुने भएकाले सरकारले पहिलो प्राथमिकता नराखे पनि अब भने प्राथमिकतामा राख्नु पर्नेमा जोड दिइन् ।
अपाङ्गता भएका संक्रमितको संख्या लगायतका सूचनाहरुको समेत व्यवस्थित तथ्यांक राखी छुट्टै अभिलेखिकरण गरी
अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य अधिकार प्रत्याभूत गराउन र अपाङ्गता भएका व्यक्तिहरुलाई खोपमा उच्च प्राथमिकता दिनुपर्ने अत्यावश्यक रहेको स्वाबलम्बन जीवनपद्धति केन्द्र(पोखराका अध्यक्ष हेम बहादुर गुरुङले बताए ।
कार्यक्रम संचालन केन्द्रका महासचिव अन्जना केसीले गरेकी थिइन् ।




