पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री झलनाथ खनाल सोमबार अस्पताल भर्ना भएका छन् ।

उनलाई ज्वरो आएको छ भने रगतमा हेमोग्लेविनको मात्रा कम देखिएको छ । सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका उनको अवस्था अहिले सामान्य छ ।

यसअघि कोरोना संक्रमण भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचारपश्चात घर आएका थिए ।