४ मन्त्रीसहित कृष्णचन्द्रले लिए मुख्यमन्त्रीको सपथ

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनियताको सपथ लिएका छन् ।

शनिबार साँझ आयोजित कार्यक्रममा प्रदेश प्रमुख सीतादेवी पौडेलले उनलाई सपथ गराएका हुन् । ३१ सांसदको समर्थनसहित शुक्रबार मुख्यमन्त्रीमा दाबी पेश गरेका पोखरेल शनिबारै मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनको गठबन्धनबाट स्वतन्त्र सांसद राजीव गुरुङ, माओवादी केन्द्रकी मधुमाया अधिकारी, सजपाका हरिशरण आचार्य र कांग्रेसका कुमार खड्का मन्त्री बनेका छन् । सबै मन्त्री अहिले बिनाविभागीय हुन् ।

अहिले बनेको सरकारले असार १ गतेभित्रै बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ ।