गणतान्त्रिक छैरोलाई कोरोना मुक्त बनाउने मुस्ताङका पत्रकार रसाईली

जोमसोम—कोरोना “हट स्पट’ बनेको मुस्ताङको घरपझोङ गाउपालिका अन्तर्गतको गणतान्त्रिक छैरो गाउ शुक्रबार कोरोना मुक्त पहिलो गाउ बनेको छ ।मुस्ताङमा लगातार विगत १२ वर्षदेखि पत्रकारीताक्षेत्रमा सक्रिय पत्रकार भीमबहादर रसाईलीको योगदानका कारण गणतान्त्रिक छैरो कोरोना मुक्त बन्न सफल भयो ।
मुस्ताङको ४ स्थानीय तहमा झन्डै ४ सय १६ व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि स्थानीयमा एक प्रकारको कोरोना त्रास बढ्दै थियो । गत जेठ १५ गते उनको गाउमा पनि कोरोना माहामारी रोग पस्यो । पत्रकार रसाईली पत्रकारिता र व्यवसायिक रुपमा प्रायः सदरमुकाम जोमसोममानै बस्थे। तर गाउमा कोरोना भाईरस प्रवेश गरेको भन्ने थाहापाएपछि उनलाई जोमसोममा बस्न मनले मानेन ,उनी छिट्टै गाउलाई कोरोना मुक्त बनाउछु भन्ने दृढ उद्देश्य लिएर गाउ फर्किए ।

“गाउका स्थानीयलाई कोरोना रोकथाम तथा नियन्त्रण संम्वन्धिमा सचेतना जगाउछु ,गाउमा हेलचक्र्याई बढी हुने गर्छ । सचेत नभए माहामारी झनै फैलिन्छ र ठुलो दुर्घटना निम्तन सक्छ, उनले भने ।’
उनी बसेको गाउपालिकामा १ सय ४० जना संक्रमित थिए भने उनको गाउ गणतान्त्रिक छैरोमा २५ जना सक्रमित थिए । गाउलाई कोरोना मुक्त बनाउन २४ सै घण्टा गाउको स्वास्थ्य सुरक्षामा खटिए ।

उनी दिनमा होस या रातमा खटिए । गाउमा कसैलाई आउन दिएनन भने गाउका कोरोना संक्रमितलाई बन्दाबन्दीको नियम पालना गर्न लगाए । गाउमा निरन्तर खटिएर स्थानीयको स्वास्थ्य सुरक्षामा सहजीकरण गरेको पत्रकार रसाईलीले बताए ।

छैरो गाउलेको अनुशासन ,स्वास्थ्य शाखा ,स्थानीय तह र अस्पताल लगायतको सहयोगले एक सातामा छैरो गाउले कोरोना जितेको उनले जानकारी दिए ।