कोभिडबाट नेपालमा छोरा, जापानमा बाबुको निधन

कोभिड १९ का कारण जापानमा एक नेपालीको निधन भएको छ । गुल्मीको वामी घर भएका प्रेम केसीको कोभिड संक्रमणबाट ज्यान गएको हो ।

नेपालबाट जापान फर्कने क्रममा नारिता विमानस्थलमा गरिएको कोभिड परीक्षणमा उनमा संक्रमणको पुष्टि भएको थियो । केसीको उपचारको क्रममा निधन भएको हो ।

जापानमा कोभिड संक्रमणबाट मृत्यु हुने नेपालीको यो पहिलो घटना हो । केसीका जेठा छोराको २ महिना अघि नेपालमा कोभिड संक्रमणबाट निधन भएको थियो ।