अग्रज पत्रकार बास्तोलाको निधन

नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य एवं अग्रज पत्रकार यज्ञ प्रसाद बास्तोलाको कोरोना संक्रमणका कारण ७० वर्षको उमेरमा भएको असामयिक निधन भएको छ ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले विज्ञप्ति निकालेर बास्तोलाको निधनले स्तब्ध र मर्माहत भएको जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि रिजनल अस्पताल पोखरामा उपचार गराईरहनुभएका अग्रज पत्रकार बास्तोलाको विहिबार विहान ३: १० बजे उपचारको क्रममा पोखराको चरक अस्पतालमा निधन भएको हो उहाँलाई बुधबार थप समस्या देखिएपछि रिजन अस्पतालबाट चरक अस्पतालमा भर्ना गरिएको थियो ।

कास्कीको पुरञ्चौरमा २००८ सालमा जन्मिनुभई हाल पोखरा ५मा स्थायी वासिन्दा रहनुभएका स्वर्गीय बास्तोलाका दुई श्रीमति, तीन छोरा र एक छोरी हुनुहुन्छ ।

पोखरामा झण्डै चार दशक पत्रकारिता गर्नुभएका स्वर्गीय वास्तोला पोखराको माछापुच्छ«े एफएम, माइक्रो न्युज, आदर्श समाज र स्वतन्त्र सन्देशमा कार्यक्रम प्रस्तोता देखि सहसम्पादक र सम्पादकको भूमिका निर्वाह गर्नुभएको थियो ।

कोरोनाकै कारण गण्डकी प्रदेशमा तीन जना पत्रकारको निधन भएको छ भने ११७ भन्दा बढी पत्रकार संक्रमित भएका छन् ।कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ गण्डकी प्रदेश समिति सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गर्दछ ।