गजल

खुट्टामा लगाउने चप्पल शिरमा सजाउन मिल्दैन
शिरमा सजाउने सिन्दूर खुट्टामा लगाउन मिल्दैन

घमण्ड नगरे हुन्छ हजुर जति नै धनी भए पनि
नुनको ठाउँमा सुन राखेर काम चलाउन मिल्दैन

दृश्य ढुङ्गाको मूर्तिलाई हो ईश्वर सम्झिएर पुज्ने
अदृश्य ईश्वरलाई ढुङ्गाको मूर्ति बनाउन मिल्दैन

आफैं आत्महत्या गर्नेहरूले किन नसोचेका होला
एकपटक मरेपछि जीवित बनेर आउन मिल्दैन

साथमा जीवनसाथी हुदा पनि किन होला कुन्नि
पहिलो प्रेमिलाई सम्झनाबाट हटाउन मिल्दैन ।