मुस्ताङको सेकुङ तालमा डुबेर मृत्यु

मुस्ताङको थासाङ गाँउपालिका २ सेकुङमा तालमा डुबेर १ जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो साढे ३ बजे म्याग्दीको रघुगंगा गाँउपालिका १ घर भई हाल सेकुङ बस्ने २३ वर्षका रमेश पुन सेकुङ तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

रमेश नेत्रप्रसाद राम्जाली पुनको भेडीगोठमा काम गर्थे । तालको बीच भागबाट रमेशको शव फेला परेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।