गजल

झुक्याइरहे धेरै पल्ट कालुहरुले
खै त फेरि काम गरेनन् लालुहरुले

उहिपारा फेरि धनकै कुम्लो बनाए
पटक पटक ठगे सिपालुहरुले

भने देश बनाएँ तर आफैँ बनिँए
ताज महल नै बनाए चालुहरुले

मकै खाए धान कोदो गहुँ पनि खाए
जस्तो खाए उस्तै फाले यी भालुहरुले

सम्याएनन् पहाड आफ्नै दुनु सोझ्याए
फेरि खासै केही गरेनन् ठालुहरुले ।