कविता : केहि ऊ हुनुको प्रतिबिम्व !

केहि म पनि उस्तै थिएॅ
उतारेर उसका प्रतिबिम्बहरु मेरा अधरमा
हिउॅका श्वेत आकृति !
कहिले कॅाही हेर्छु मैले सागरमा
आफ्ना आकृतिहरु
उतारेर पानीका ऐनासंग
उस्तै बनुन भनेर
जब मलाइ कसैले साहसी हुनुको नाम दिन्छ भने
त्यो शिर मेरो हिमालसॅग जोडिएको छ
केहि सत्यको नाम दिन्छ भने मेरो बुद्दको केहि आत्मासंग
धर्मको केहि नाम मेरी आमासंग !
इमान्दारी हुनु केहि मेरो बाबुको नाम संग !
सबै भन्दा पहिला आफ्नो परीचय
म आफ्नो देशसंग दिन्छु
र त्यसपछि मानवताको परीचय भित्र म समेटिनु !
म मेरा सम्पुर्ण विविधताहरुसंग !
जहॅा मलाइ कुनै जात, वर्ग र समुदाय केहिले अभिन्न गर्न सक्दैनन्
मलाइ त्यतिबेला त्यस्तो डर लाग्छ
जब तिमीले घात गर्छौ
जस्तो कि संसारको कुनै हिंसा !
त्यो पनि तिम्रो भलाइसंग गरेको सम्पुर्ण त्यागसंग !
मलाइ यस्तो पेर्म मन पर्छ
जहॅा म जस्तै उसले पनि मलाइ यस्तै पेर्म गरोस
कि यो पेर्म ऊ र म हुनु सदा अटुटमय
हुनेछ !