आनन्द लाग्छ जब त्यो मुहारमा मुस्कान देख्छु
तिम्रो एक्लोपनमा पनि अनौठो म उडान देख्छु
आँसुलाई शक्तिमा रुपान्तरण गर्यौँ अरु के भनूँ
मौन छौँ चोटमा पनि र त तिमीमा भगवान देख्छु
समयको जङ्घार तरायौ, मलाई पौड्न सिकायौ
जे छु आमा यसमा हजुरको नै योगदान देख्छु
मान्छेहरु दूरीको कथा लेख्दैछन् भूगोल नापेर
म आफ्नै मन पनि खै किन किन मुग्लान देख्छु
तिमीलाई मेरो बेरङ्गी जिन्दगी सिङ्गार्न मन रैछ
के गर्छौ पार्लरमा पनि म पूजाकै सामान देख्छु ।




