तीन मुक्तक

देश झन झन गिर्दो छ
जनता पल पल निर्धाे छ
कोरना वर्णशङ्कर बनेपछि
छेपाराको नयाँ रुप फिर्दो छ

एक थरी बाबाको गीत गाइरहेछन
एकै दिन धेरै शिलान्यास भ्याइरहेछन
कस्तो जमाना जस्तो पनि विज्ञ हुने ?
ऐले त रागा र गोरु धमाधम ब्याइरहेछन्

देश पूरै बिरामी भो, एम्बुलेन्स बिग्रिएको छ
श्रमजीवी किसानको ओठ लेब्रिएको छ
कैले पो आउला स्वाभिमानीको पालो ?
जताततै चम्चाहरुकै दिन सप्रिएको छ ।